Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोपा अमेरिकाको फाइनलमा कसले मार्ला बाजी, यस्तो छ इतिहास

एजेन्सी। भोलि बिहान कोपा अमेरिकाको फाइनलमा फुटबलका दुई ठूला महाशक्ति ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । पेरुमाथि जित हासिल गरी ब्राजिल कोपा अमेरिकाको फाइनलमा पेगेपछि नियमारले अर्जेन्टिनासँग फाइनलमा भिड्न चाहेको बताएका थिए । उनले खोजेकै भयो । अर्जेन्टिना कोलम्बियालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । वर्तमान विश्वका प्रतिभावान र लोकप्रीय यी दुई फुटबल खेलाडीमाथि विश्वका खेलप्रेमीको ध्यान खिचिएको छ । ब्राजिलविरुद्ध अर्जेन्टिना खेल्न लाग्दा निमारविरुद्ध मेस्सीले खेल्न लागेको जस्तो हुनलागेको छ । ब्राजिल फिफा वरियतामा तेस्रो स्थानमा छ भने अर्जेन्टिना आठौं स्थानमा छ । ब्राजिल ५ पटकको विश्वकप विजेता हो । अर्जेन्टिनाले २ पटक जितेको छ । यी दुवै देश महान फुटबलर जन्माउने देशमा पर्छन् ।
ब्राजिलमा पेले, रोनाल्डो निमार जस्तो महान खेलाडी जन्मिए । अर्जेन्टिनामा म्याराडोना र मेस्सी जस्ता महान खेलाडी जन्मिए । उत्कृष्ट लयमा रहेका निमार २९ वर्षका भए । हाल पेरिस सेन्ट जर्मेनबाट खेल्ने निमारले ब्राजिलका लागि ११० पटक खेलेर ६८ गोल गरिसकेका छन् । निमारले ब्राजिललाई सन् २०१६ को ओलम्पिकमा फुटबलतर्फ स्वर्ण पदक जिताइसकेका छन् । सन् २०१३ मा फिफा कन्फेडेरेशन कपको उपाधि पनि दिलाए । ३४ वर्षीय मेस्सी वर्तमान विश्वका सबैभन्दा प्रतिभाशाली र लोकप्रीय फुटबल खेलाडी मानिन्छन् । ३४ वर्षका मेस्सीले अर्जेन्टिनालाई उच्च स्तरको उपाधि दिलाउन प्रयास गरेपनि सफल हुन सकेका छैनन् । अर्जेन्टिना यु २० विश्वकप जित्दा टोलीमा थिए । अर्जेन्टिनालाई विश्वकप जिताउने सपना अझै पूरा हुन सकेको छैन । अर्जेन्टिनाका लागि १२४ पटक खेलेर ९२ गोल गरिसकेका छन् । गोल मेसिन भनिने मेस्सीले अर्जेन्टिनाबाट किर्तिमानी गोल गरिसकेका छन् । उनले अली दाई र रोनाल्डोको आफ्नो देशका लागि गरेको १०९ गोललाई उछिन्न सक्छन् । मेस्सीले आउँदो विश्वकप २०२२ सम्म उत्कृष्ट लयमा रहेमा थप गोलहरु गर्दै विश्व किर्तिमान बनाउने सम्भावना भने रहेको छ । उनले एउटा मात्र विश्वकप अर्जेन्टिनालाई जिताएमा महान फुटबल खेलाडी डियगो म्याराडोनाको जस्तै स्थान बनाउन सक्थे । म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप जिताउनुका साथै उपविजेता पनि बनाएका थिए ।
निमारले भने आफ्ना देशका महान खेलाडी पेलेको बराबरी नाम बनाउन कठिन छ । पेलेले ब्राजिललाई तीनपटक विश्वकप जिताउन योगदान गरेका थिए । निमारले अहिलेसम्म एकपटक पनि जिताउन सकेका छैनन् । उनी २९ वर्षका भइसकेकाले सम्भवत अब २ वटा विश्वकप खेल्ने सम्भावना मात्र बाँकी छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल