Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अभिनेत्री मनीषा कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी भएकी छिन् । कोइराला आसन्न प्रदेश तथा प्रदेश सभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको चुनावी प्रचारमा सहभागी हुँदै आएकी छिन् ।
आज बिहान उनी काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका राप्रपाबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको चुनावी प्रचारमा सहभागी भएकी हुन् । घरदैलोको क्रममा कोइरालाले राप्रपाका उम्म्दवारहरुलाई मत दिन मतदातालाई आग्रह गरेकी थिइन् ।
बिहान ७.३० बजेदेखि मिश्रसहित राप्रपाका नेता कार्यकर्तासँगै कोइराला बबरमहल क्षेत्रको घरदैलोमा सहभागी भइरहेकी छिन् । कांग्रेसका संस्थापक नेता विपी कोइरालाको नातिनीसमेत रहेकी कोइरालाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन वीपीको सिद्धान्तमा इमानदार रहेको दाबी गर्दै आएकी छिन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल