Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं । जति सुकै भद्र र सालिन भए पनि संघिय सरकारको चरित्रसँग जोडिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमाथि विपक्षी दलका सांसदहरुले अविश्वासको पात्र दर्ता गर्दै ५ आरोप लगाएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका सांसदहरुले मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध पेश गरेको अविश्वास प्रस्तावमा रोष्टममै उभिएर संविधानको सपथ खाएका मन्त्रीहरुले नै संविधान विरोधी कार्यको वकालत गरेको गम्भीर आरोप लगाएका छन् ।

जनअपेक्षा र विश्वासको कदर गर्दै संघीयता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउँदै संवैधानिक तरिकाले गण्डकी प्रदेशलाई सर्वश्रेष्ठ प्रदेश बनाउने साझा सङ्कल्पलाई पूरा गर्न यो सरकार चुकेको छ’, अविश्वास प्रस्तावमा भनिएको छ । त्यसैगरी नीति तथा कार्यक्रम र बजेटमा योजना घोषणा गर्ने तर कार्यान्वयनतर्फ उदासिन हुने प्रवृत्तिले बजेट खर्च अत्यन्त न्युन हुने गरेको सरकारमाथि आरोप छ । त्यस्तै महँगी अस्वभाविक रुपमा बढेको, बेरोजगारी समस्या चरम रुपमा रहेको, बेरुजुको मात्रा अत्याधिक बढेको तथा सरकारको पारदर्शी र आर्थिक सुशासनको दावीलाई चुनौती दिएको भन्दै कोरोना कहरमा आईसीयू, भेन्टिलेटर खरिद गर्न प्रदेश सभाले निर्देशन दिएर बजेट निकासा गर्दा पनि एक वर्षसम्म उक्त काम गर्न नसक्नु सरकारको अक्षमता र अकर्मण्यताका रुपमा लिनुपरेको अविश्वास प्रस्तावमा उल्लेख छ । मानिसहरु अस्पतालमा बेड र आईसियु नपाएर छट्पटिँदा पनि जनताको जीवन रक्षाको पहल गर्नुको साटो आफ्नो पार्टीको आन्तरिक समस्यामा अल्झने, प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको बचाउ गर्ने र समर्थनमै प्रदेश सरकार व्यस्त भएको आरोप पनि अविश्वास प्रस्तावमा उल्लेख गरिएको छ । ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा भङ्ग गर्ने, संवैधानिक निकायहरुलाई समाप्त गर्ने गतिविधिलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्यो,समर्थन गर्यो ।

रोष्टममै उभिएर संविधानको सपथ खाएका मन्त्रीले संविधान विरोधी कार्यको वकालत गर्नुभयो’, अविश्वास प्रस्तावमा भनिएको छ । त्यस्तै नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र बनिसकेपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेमा संविधानले तय गरेको एक महिना बित्दा पनि नलिएर संविधानकै अवज्ञा गरेको समेत अविश्वास प्रस्तावमा आरोप लगाइएको छ । आज दर्ता भएको अविश्वास प्रस्तावमा २८ सांसदको हस्ताक्षर रहेको छ भने जनमोर्चाले चाहिँ प्रस्तावको पक्षमा मतदान गर्ने बताएको छ ।