Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आइएमई बैंकले फलफूल व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले तरकारी तथा फलफूल व्यवसायीलाई आवधिक कृषि कर्जा लगानी गर्ने भएको छ।बैंकले लगानीका लागि व्यवसायी संघका सम्झौंता गरिसकेको छ।
सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलफूल थोक बजार व्यवसायीक संस्थाका भरतप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा सहायक महाप्रबन्धक रेग्मीले विगत देखिनै बैंक र फलफूल व्यवसायीहरुबीच असल सम्बन्ध रहेको बताउँदै संघसँग आवद्ध व्यवसायीहरुले सस्तो, सरल तथा सूलभ ब्याज दरमा कृषि कर्जा प्राप्त गर्न सक्ने बताए।सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थामा आबद्ध करिब सात सय फलफूल तथा तरकारी व्यवसायीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।