Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भक्तपुरमा कार दुर्घटनापछि पक्राउ परेका फिल्म निर्देशक तथा कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारी प्रहरी हिरासतबाट छुटेका छन्।
शुक्रबार बिहान ३ बजेतिर दुर्घटनामा परेका भण्डारीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा राखेको थियो। सोही दुर्घटनामा परी घाइते भएका कमेडियन सुशासन्त बस्यालको अवस्था सुधार हुँदै गएपछि उनको सम्पूर्ण उपचार खर्च भण्डारीले व्यहोर्ने कागज गरेर प्रहरीले हिरासतमुक्त गरेको हो। भण्डारीसहित कारमा एकजना महिला र अन्य पाँचजना पुरुष सवार थिए। उनीहरू सवार कार भक्तपुरमा विपरीत दिशाबाट आएको टिपरसँग ठोकिएर दुर्घटना भएको थियो।निर्देशक भण्डारीसहित प्रहरीको नियन्त्रणमा रहेका पुजन अधिकारी पनि प्रहरी नियन्त्रणबाट छुटेका छन्। बस्यालको परिवारसँग मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जानकारी दिएो छ । बस्यालको अहिले पनि उपचार भइरहेको छ। उनको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । प्रहरी अनुसन्धानमा उक्त कार निर्देशक भण्डारीले नै चलाएको खुलेको छ। उनले मापसे गरेर कार चलाएको खुल्न आएको छ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल