Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चार नेतालाई खटाइयो संगठन बनाउन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरानै संगठनलाई ब्युँताउने गरी छलफल अघि बढाएको छ । नयाँ परिस्थितिअनुसार सांगठनिक कामलाई पूर्णता दिन बनेको माओवादी केन्द्रको चार सदस्यीय कार्यदलको पहिलो बैठकमा पुरानै संगठनलाई ब्युँताउनेबारेमा छलफल अघि बढेको हो ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा झण्डै चार घण्टा बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरुले संगठनात्मक क्षेत्रमा गर्नुपर्ने व्यवस्थापनका कामका बारेमा आ–आफ्ना धारणा प्रस्तुत गरेको कार्यदल सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।
पहिलो बैठकमा कार्यदल सदस्यहरुले आ–आफ्ना धारणा राख्नुभयो । त्यसमा विभिन्न विषयहरु परेका छन् । भोलि अर्को बैठक बसेर थप खाका बन्नेछ ।
बुधबार बसेको माओवादी स्थायी समितिको बैठकले नेताहरु जनार्दन शर्मा, पम्फा भुषाल, वर्षमान पुन र गिरिराजमणि पोखरेल सम्मिलित कार्यदल गठन गरेको थियो ।

पोखरेलका अनुसार सर्वोच्चको फैसलापछिको अवस्थामा पार्टीमा आएको उत्तरचढाव, विभिन्न पार्टी कमिटीमा रहेका रिक्त स्थानको पदपूर्ति, अन्य पार्टीबाट आएकाहरुको व्यवस्थापन लगायतका विषयलाई समेटेर प्रतिवेदन तयार पारिनेछ । त्यसमा विशेषतः पुरानै संगठनलाई ब्युँताइनेछ । कार्यदलको अर्को बैठक शुक्रबार पुनः बस्ने छ ।