Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताए । त्यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्न आह्वान पनि उनले गरे । सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बाचा गरे ।
उनले गुणस्तरीय शिक्षा,स्वास्थ,र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए । आफ्ने बाचापत्रमा सबै प्रष्ट उल्लेख गरेको र सोही बमोजिम काम गर्न नसके फेरी फर्केर मत माग्न आउँदिन,उनले भने– देशमा अनेकौं समस्या रहेको र यसको समाधानमा पुराना राजनीतिक दलहरुले चासो दिएनन्।
साथै उनले आफ्नो पार्टी सरकारमा गए उपचार गरेर पैसा तिर्न नसक्ने नागरिकको सरकारले तिरिदिने बताए । यस्तै उनले नेपालमा उत्पादन भएका वस्तुहरूको ब्रान्ड एम्बेसडर बन्न तयार रहेको समेत बताए। म बाचा गर्दछु,उत्पादन वृद्धि गर्न र नेपालको उत्पादनलाई प्रोत्साहन गर्न राजनीतिक जीवनभर नेपाली पोसाक मात्र लगाउँछु
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल