Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसपालाई फकाउदै प्रम ओली

काठमाडौं । आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमत बचाउन नसकेका प्रधानमन्त्री केपि ओलीले पार्टी विभाजन गराएपछि आफ्नै पद बचाउन सत्ता समीकरणबारे दलहरुबीच छलफल चलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी जसपा नेपालका शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।

अपराह्न ५ बजे जसपाका शीर्ष नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटारमा छलफल गर्न जाने भएका हुन् । तर उनीहरुको योजनालाई प्रम केपि ओलीले लत्याएपछि बिगतमा नेकपा र मधेसवादी दलहरु बिच विश्वास गुमेको थियो ।

जसपा नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग भेटवार्ताका लागि पाँच शीर्ष नेतासहित वार्ता कार्यदलका सदस्य पनि भेटवार्तामा सहभागी हुने भएका छन् । जसपाले सत्ता सहकार्य र रेशम चौधरीको रिहाइसहितका विषयमा छलफल गर्ने बुझिएको छ । जसपाका नेताहरुले यो विषयमा प्रधानमन्त्रीसँग एक चरण छलफल गरिसकेका थिए ।

जसपा नेपालले सत्ता सहकार्यका लागि अहिलेसम्म आफ्नो प्रस्ट धारणा सार्वजनिक गरिसकेको छैन । सो पार्टीका नेताहरु प्रधानमन्त्री ओली र ओली इतर गठबन्धन गरी दुवैतिर निरन्तर छलफल र संवादमा छन् । ओलीलाई जसपाको साथ लिदा जति सहज हुन्छ त्यो भन्दा राम्रो माओवादी केन्द्रलाई साथ दिदा हुन्छ । वरिष्ठ नेता माधव नेपाल समेत वर्तमान गठबन्धन तोड्न नहुने अडानमा छन् ।