Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसले आफ्नो पौरख यसरी देखाए – इश्वरी वाग्ले

संसारमा कुनै पनि पार्टीमा अध्यक्षलाई सर्वेसर्वा गराइन्छ भने त्यो अध्यक्ष तानाशाहा हुन्छ भनिन्छ । कम्युनिष्ट मुलुक उत्तर कोरिया र चीनमा पनि अध्यक्ष नेकपा एमालेका खड्ग ओली जस्तो तानाशाहा छैनन् । तर नेकपा एमाले नाउँको सिद्दान्त, विचार, चरित्रमा कम्युनिष्ट नरहेको अवस्थामा ओलीलाई पार्टीको बादशाहा सरकारको तानाशाहा बनाउन केन्द्रीय सदस्यहरुको साथ कसरी भयो होला ? ती केन्द्रीय सदस्य तथा महाधिवेशनको तयारीका लागि गठित जन्तीले यो निर्णय संसारले देख्दा र सुन्दा के भन्लान् भन्ने ख्याल राखेनन् ।

ओलीका दाश र हनुमानका अगाडि त्यो पार्टी भेडीगोठमा परिणत भएको छ । जहाँ सिद्दान्त र विचारको बहस हुदैन । राजनीति चिन्तन र आर्दशको प्रसंग पनि उठ्दैन । कस्तो पार्टी बन्दैछ एमालेको ओली गुट ? जसले एमाले भित्रै विचारमा बहस गर्दैन । त्यहाँ गुटको भन्दा फरक चेतना छैन । समकक्षी नेताहरुको सम्मान त के आदर समेत गर्दैन । विचौलिया माफीया दलालको बाहेक कार्यकर्ता र जनताको काम गर्दैन । त्यसले समाज सुधार गर्छ कसरी ? जनताले दिएको जनमतको कदर नगर्ने, कार्यकर्ताको भावना लत्याउने ओली गुटको नेतृत्वलाई जनताले कसरी दिन्छ १२० ? जहाँ संविधानलाई मानिदैन । सर्वाेच्चको त्यो फैसला अनुसार ओलीले पद त्याग गर्नु पथ्र्याे । संसदबाट विश्वासको मत लिने प्रयास गर्नु पथ्र्याे । तर प्रधानमन्त्री केपि ओलीलाई पार्टीमा तानाशाहा बनाउन गरेको प्रयास लज्जाजनक छ ।

एउटा कम्युनिष्ट पार्टीले सर्वहारा वर्गको हित किसान र गरिबको कल्याण मजदुर वर्गको संरक्षण गर्नु पर्छ । तर नेकपा एमाले संगठन बनाउदा पनि विचारको बहसमा गम्भीर भएन । विदेशी डलर भित्र्याएर मानव अधिकारको नाममा कम्युनिष्ट पार्टी कै विरुद्ध जासुसी गर्न पर्छ परेन त्यो पार्टी समानिक क्षेत्रमा पनि स्थापित भएन । बरु चर्काे भाषण गर्ने, झुट बोल्ने राष्ट्रघातका योजनाहरुबाट संसदीय दलदलमा रमाउने गरेकै हो ।

अहिले केपि ओली प्रधानमन्त्री भए । उनको शासनमा मजदुर, किसान, गरिब र भोको जनताले केही पाएन । बरु मंहगी अभाव कालो बनार भोगिरहेको छ । विद्यार्थीहरुले पढ्न नपाउने अवस्था सिर्जना हुदैछ । शिक्षा क्षेत्र माफीयाहरुको कब्जामा छ । सरकार बनाएको संविधान त्यात्दै संघियता र गणतन्त्र माथी बारम्बार प्रहार गर्दै छन् । त्यसका नेता प्रधानमन्त्रीले पार्टी र सरकारका प्रतेक स्थानमा आँफू बाहेक कसैलाई ठाँउ नदिने गरि सम्पूर्ण अधिकार लिने भनेको तानाशाहको चरित्र हो । एकिकृत पार्टी हुदा त्यो पाँइदैन । दाश र लासका मालिक केपि ओलीको यो लिप्त र ढोगीपनले कम्युनिष्ट पार्टीको इज्जत रहेन । जहाँ ओलीलाई देवत्वकरण गरेर भ्रष्टचार गर्न छुट दिइन्छ र राज्यको प्राकृतिक स्रोत र साधनको दोहन तस्करहरु मार्फत गराई सकिएको छ । ओलीले यो देखेका छन् । तर बादशाहा बोल्दैन !

अदालतले पूरानै स्थानमा पुर्याएको पार्टीलाई बचाउन अर्थात पूर्नएकिकरण गर्ने घोषणा गरेका बामदेव गौतम समेत ओलीको राजा बन्ने चाहनाबाट छक्क परे होलान् । उनी प्रमले बोलाएको संसदीय दलको बैठकमा अध्यक्षलाई भेट्न पुगे, आफ्ना कुरा राखे केन्द्रीय समितिको बैठकमा सहभागी भएनन् । तर कसले गरेको निर्णयबाट भने बामदेव पनि चकित भएछन् ।

पार्टी एकताको कुरामा ओली गुटलाई चासो छैन । जसरी हुन्छ राज्यकोष लुट्ने गुटका बछेडाहरुको लागि ठाँउ दिने, जनतालाई नोकर ठान्ने शैली चम्कीएको छ । त्यो एमालेको वर्गिय धरातल कहाँ छ ? त्यो पार्टीको दर्शन भनेको प्रभूत्ववादमा आधारित भएको कुरा फेरि खोतल्नु पर्दैन । एमालेकै सरहमा पुगेको माओवादी केन्द्रले पनि नीति विधि सिद्दान्त शैली र दर्शन लत्याउदै जाँदा धुजाधुजा भएको हो । प्रचण्डको सेवक बनेर सत्तामा रमाएका दनुवारहरु त्यहाँ पनि छन् । कार्यकर्ता भेत्नाको नाममा गुटको भेला र भोजमतेर लगाउने काम कम्युनिष्टको नाउमा भएकै हो ।

पार्टीलाई पार्टीको रुपमा संचालन गरेको भए दुई कम्युनिष्ट शक्ति एक हुँदा जनताको भावना अनुसार चल्थ्यो भने यो भद्रगोल र बेइजत हुने थिएन । अहिले काँग्रेस जस्तो बुर्जवा शक्तिलाई सत्तामा जान हतार छ । जवकी देशमा झण्डै दुई तिहाईको शक्ति छिन्न भिन्न बनाउने काम प्रधानमन्त्री केपि ओलीद्वारा भएको छ । वरिष्ठ नेताहरु माधव र झलनाथलाई खेद्न जे जस्ता कदम चालिए त्यसबाट ढाटछल र कपट धेरै टिक्दैन भन्ने वास्तविकता क्रमश उदाङ्गो हन्छ ।