Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जीबी पक्राउ गर्ने ठाउँमा रवि

काठमाडौं । बिरालोलाई दूधको जिम्मा दिएजस्तो आफैं विवादमा परेका रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रहरीले सहकारी ठगीको कसुरमा नवनियुक्त गृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान गरिरहेको छ। तर आरोपित व्यक्ति नै अब अनुसन्धान गर्ने निकायको प्रमुख भएका छन्। रवि लामिछानेविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय कास्की र सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ। यस्तै अन्य सहकारीका विषयमा रुपन्देही, चितवन, पर्सा र काठमाडौँमा पनि अनुसन्धान भइरहेको छ। उनी समेत जोडिएका यी मुद्दाका प्रमुख आरोपी भने जीबी भन्ने गितेन्द्रबाबु राई हुन्। तर उनी हाल मलेसियामा फरार छन्। उनलाई नेपाल डिपोर्ट गराउन प्रहरीले सुरुमा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको थियो। पछि मलेसियाले जीबीलाई डिपोर्ट गर्नुको सट्टा भिसा थपिदियो। भिसा थपिदिएपछि प्रहरीले फेरि ताकिता गरेको थियो। मलेसियाले डिपोर्ट गर्नका लागि कूटनीतिक नियोग मार्फत पत्र पठाउन भन्यो। नेपाल प्रहरीले परराष्ट्र मन्त्रालय हुँदै जीबीलाई डिपोर्ट गराउन पत्र पठाइसकेको छ। गृहमन्त्रीमा नियुक्त भएका रवि लामिछाने जीबीका व्यावसायिक साझेदार समेत हुन्। ग्यालेक्सी फोरके टेलिभिजनमा उनीहरु दुवैको सेयर थियो। तर पछि रविले टेलिभिजन छाडेका थिए र आफ्नो सेयर पनि बिक्री गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको सूर्यदर्शन सहकारीको मुद्दामा रवि लामिछानेविरुद्ध पनि जाहेरी परेको छ। उक्त मुद्दामा अनुसन्धान गर्न सीआईबीको टोली पनि पोखरा पुगेको थियो। रविविरुद्ध जुन कसुरमा जाहेरी परेको हो, त्यस अनुसार कारोबार भएको प्रमाण समेत फेला पारेको अनुसन्धानमा संलग्न अधिकारीले बताए। रवि लामिछानेजस्तै गैरकानुनी रुपमा उक्त सहकारीबाट कर्जा लिने ४ सय ३३ जना रहेको पनि प्रहरीले जनाएको छ। रविलाई मुद्दा चलाउने हो भने उनीहरुविरुद्ध पनि मुद्दा चलाउनु पर्ने ती प्रहरी अधिकारीले नेपालखबरलाई बताए। तर पुरक जाहेरी भने रवि लामिछाने लगायत केही संस्था समेत गरी १८ जनाविरुद्ध परेको छ। पीडितको जाहेरीपछि अनुसन्धान गरिरहेको प्रहरीलाई भने अब आफ्नै गृहमन्त्रीविरुद्ध अनुसन्धान गर्नु पर्ने जिम्मेवारी आइलागेको हो।
सूर्यदर्शन सहकारीका कारोबारको अभिलेख भएको सर्भर प्रहरीले बरामद गरिसकेको छ। पूर्वडीआईजी छविलाल जोशीको काठमाडौँको शंखमुलस्थित घरमा लुकाएर राखेको अवस्थामा चार वटा सर्भर फेला परेका थिए। ती सर्भरमा चार वटै सहकारीको विवरण भेटिएको छ। रुपन्देहीमा एउटा सर्भर पठाइसकेको र अरु सहकारीको पनि माग भएपछि सम्बन्धित जिल्लामा पठाउने अनुसन्धान अधिकारीले बताए। यस्तै सम्पत्ति शुद्धीकरण विभागले पनि जीबी र रविका सबै बैंकमा रहेको खाताको विवरण माग गरिसकेको छ। यसरी अनुसन्धान अगाडि बढिरहेका बेला उनै गृहमन्त्री भएपछि अब यो मुद्दाको अनुसन्धान नै प्रभावित हुने आशंका गरिएको छ। प्रतिपक्षमा हुँदा भने रविले जीबीलाई पक्राउ गर्न सार्वजनिक रुपमै गृहमन्त्रीलाई चुनौती दिएका थिए। अब जीबीलाई पक्राउ गर्ने जिम्मा नै उनैलाई आइलागेको छ। कार्यभार सम्हालेपछिको उनको परीक्षा नै यही प्रकरण बन्ने देखिन्छ। यसअघि गृहमन्त्री हुँदा पनि उनीविरुद्ध नागरिकता र पासपोर्टको मुद्दा चलेको थियो। सोही मुद्दाका कारण उनको सांसद पद गएको थियो भने गृहमन्त्रीबाट पनि पदमुक्त भएका थिए।


सम्बन्धित समाचार

प्रचण्डलाई ढाक्रे बनाउन पाक्यो खिचडी

२०८१ बैशाख १९

ताजा नेपाल

आफन्त र नेता नव कुवेर बन्दै

२०८१ बैशाख १९

ताजा नेपाल