Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्पद्वारा २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा

रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकनले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन् । ट्रम्पको घोषणाको अर्थ उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार बन्न पार्टीभित्रै चुनावमा उत्रिनेछन् ।
फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा आफ्नो र्‍याली हुनुअघि उनले पार्टीमा आफ्नो उम्मेदवारीको कागजात बुझाएका छन् ।​ र्‍यालीमा उपस्थित भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने,अमेरिकालाई फेरि महान र गौरवान्वित बनाउन आज राती म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्दैछु ।
उनी भन्छन्, जब मानिसहरूबीच यस्तो माया पाइन्छ तब ठूलो संख्यामा मानिसहरूसँग कुरा गर्न सजिलो हुन्छ । उनले भने, त्यसोभए अबदेखि २०२४ को निर्वाचनको दिनसम्म म यसअघि कसैले न लडेको जस्तो गरी लड्नेछु । हाम्रो देशलाई भित्रैबाट ध्वस्त पार्न खोज्ने कट्टरपन्थी वामपन्थी लोकतन्त्रलाई हामी पराजित गर्नेछौँ ।
उनका अनुसार दस्तावेजको विषयमा उनीविरुद्ध न्याय विभागको जाँचमा उनी ‘पीडित हुन् ।​ ट्रम्पले आफ्नो भाषणको अन्त्य गर्दै भने, यो अभियान मात्र होइन, यो हाम्रो देश बचाउने प्रयास हो ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल