Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डमीको संरक्षण भएन, बत्ती झल्याझुलुक

काठमाडौं । सडकमा ट्राफिक व्यवस्थापनको अभियानलाई चुस्त बनाउन नेतृत्व लागे पनि सबै सफल भएका छैनन् । जो तलैसम्म पुगेर अनुगमन गर्छ उसले ट्राफिक व्यवस्थापन चुस्त बनाएका थुप्रै उदाहरणहरु छन् । सिताराम हाछेथुजस्ता व्यक्ति नेतृत्वमा नपुगे पनि आफू पुगेको ठाउँमा ट्राफिक व्यवस्थापन चुस्त बनाउँथे । त्यसकै कदर गरेर अहिले ललितपुर महानगरपालिकाको ट्राफिक व्यवस्थापन उनैले सम्हाल्ने अवसर पाएका छन् । ट्राफिक प्रमुखको जिम्मोवारीमा आएपछि एसएसपी भीम ढकालले पनि सुधारका अभियान थालेका थिए । उनको समयमा शुरु भएका कार्यक्रमहरु सहजै अगाडि बढ्न सकेका छैनन् । ट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि कारबाही गर्न अभियानमा अहिले पनि कमी आएको छैन, सडकमा ट्राफिकको सक्रियता उस्तै छ । तर, काठमाडौं उपत्यकाभित्रै २६ ठाउँका ट्राफिक लाइट बिग्रेका छन्, तिनको मर्मत नहुँदा ट्राफिक व्यवस्थापनमा थुप्रो जनशक्ति परिचालन गर्दा पनि समस्या बढेको छ । ट्राफिक देखेमात्रै अनुशासनमा बस्ने चालकहरुका लागि केन्द्रीत गरेर राखिएका डमी ट्राफिकहरु अहिले धुलो खोतलेर निकाल्नु पर्ने अवस्थामा छन् भने कसैको लुगा खुस्किएको छ, कसैको टोपी बांगिएको छ, कसैको खुट्टो मर्किएको छ यसलाई चुस्त दुरुस्त बनाउनेतर्फ अहिलेको नेतृत्वको नजर पुगेको देखिँनैन । काठमाडौं महानगरपालिकाले दिएको उपहारलाई ढकालका पालामा ग्रहण गरिए पनि त्यसपछि नेतृत्वमा आउने सबैले त्यसको संरक्षणमा ध्यान दिनु जरुरी थियो । डमी ट्राफिक खडा भएकै कारण उपत्यकाको दुर्घटना र ट्राफिक नियम उल्लंघन ९० प्रतिशत नियन्त्रणमा आएको ट्रफिक प्रहरीहरुले बताएकै थिए । एक पटक राखिएका ट्राफिक लाइट मर्मत नगर्ने बरु अर्को प्रमुख आएपछि फेर्ने अभियान ट्राफिकमा पुरानै समस्या हो । मुलुकको सम्पत्ति संरक्षण जर्ने जिम्मेवारी लिएर आएका हाकिमहरुले सबैतिर नजर पु¥याइदिए शहरको सुन्दरतासँगै ट्राफिक व्यवस्थापन पनि चुस्त हुने थियो भने दुर्घटना न्युनिकरणलाई सघाउ पुग्ने थियो ।