Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा मथुराप्रसाद श्रेष्ठको निधन

काठमाडौं । प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको निधन भएको छ। डाक्टर श्रेष्ठको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ८८ वर्षीय डा श्रेष्ठको सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ। डा श्रेष्ठलाई पोष्ट कोभिड समस्या थियो। उहाँको छातीमा कोभिडपछि भएको समस्याले सताउँदै आइरहेको थियो। डा श्रेष्ठलाई दश दिनअघि अस्पताल भर्ना गरिएको थियो।
नेपाली चिकित्सा क्षेत्रमा डा श्रेष्ठले ठूलो योगदान गरेका छन्। उनी कम्युनिटी मेडिसिनका प्राध्यापक हुन्। चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको स्थापनामा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए। डा श्रेष्ठकै पहलमा नेपालमा कम्युनिटी मेडिसिनको पाठ्यक्रम बनेको थियो। मेडिसिनलाई समुदायसँग जोड्नुपर्छ भन्ने अवधारणा अनुसार उनकै अगुवाईमा पाठ्यक्रम बनाउँदै अध्यापन कार्य अगाडि बढेको हो।
डा श्रेष्ठ पिपल्स हेल्थ मुभमेन्टमा नेपालका तर्फबाट नेतृत्वदायी भूमिकामा थिए। २०४६ सालको जन आन्दोलनपछि स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको मन्त्रिमण्डलमा प्राडा श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका थिए। नेपालको राजनीतिक परिवर्तनका क्रममा चिकित्सकहरुलाई आन्दोलनमा ल्याउन पनि उनको नेतृत्वदायी भूमिका रहेको छ।