Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन सय नेपाली नर्सलाई कुवेतमा आकर्षक अवसर

काठमाडौं– नेपाली नर्सहरुका लागि कुवेतमा रोजगारीको अवसर खुलेको छ। तीन सय जना नेपाली नर्सका लागि कुवेतमा रोजगारीको अवसर खुलेको हो।कुवेतको सिटी ग्रुप कम्पनीले बिएस्सी र पिसिएल नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। सो कम्पनीले २६० जना महिला र ४० जना पुरुष नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। बिएस्सी गरेका पुरुष २० र महिला १३० जना र पिसिएल तर्फ पुरुष २० र महिला १३० जनाका लागि रोजगार खुलाएको हो। आवेदन दिने नेपालीले बिएस्सी अध्ययन गरेकाले २ वर्षको अस्पतालमा काम गरेको र पिसिएल तर्फ ३ वर्ष अस्पतालमा काम गरेको अनुभव हुनुपर्ने उल्लेख गरिएको छ। दैनिक ८ घण्टाका दरले हप्तामा ६ दिन काम गर्नुपर्ने, ३५ वर्षभन्दा कम उमेरको हुनुपर्ने सूचनामा जनाइएको छ। बिएस्सी गरेका नर्सको तलब ३५० कुवेती दिनार अर्थात नेपाली १ लाख ५० हजार र पिसिएल गरेका नर्सको तलब २८० दिनार अर्थात एकलाख २० हजार नेपाली रुपैयाँ हुने छ। यसका साथै उनीहरुलाई खानाको सुविधा पनि कम्पनीले नै दिने सूचनामा उल्लेख छ।