Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तेमाल जात्रा भव्य बनाउने तयारी

काठमाडौं । तामाङ संस्कृतिको तेमाल जात्रा चैत शुक्ल पूर्णिमा तिथिका दिन आगामी वैशाख १० गते आयोजना हुँदैछ । सो जात्रा सञ्चालनका लागि बौद्धनाथ क्षेत्र विकास समिति आयोजक तथा बौद्ध तामाङ गुठी संयोजक रहेका छन् । सो क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको सहयोगमा जात्रा सम्पन्न गर्ने योजना बनाइएको कुरा तामाङ कल्याण गुठी परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष जयमंगल लामा, कार्यक्रममा प्रवक्ता टाशीकुमार लामा र कल्याण गुठीका सचिव धर्म लामाले तेमाल जात्राको महत्वका बारेमा जानकारी दिनुभएको थियो । बौद्ध धर्मावलम्बीहरुले आफ्ना पितृको सम्झनामा बौद्ध महाचैत्य, स्वयम्भूनाथ र नमोवुद्धमा दीप प्रज्वलन गरी आफ्ना पितृहरुको सम्झना गर्ने परम्परा चलिआएको छ ।
वि.सं. १८१९ मा तेमालका अन्तिम राजा रिन्जिन दोर्जे बलले चैत पूर्णिमालाई राजकीय चाडको मान्यता दिएका जनश्रुती रहेको छ । त्यही बेला बौद्ध स्तुपाको जिर्णोद्धार कार्य सम्पन्न गरी तीनै तेमालका राजाले यो जात्रा चलाएको इतिहास भेटिन्छ । यो जात्रामा नेपालबाट विभिन्न देशमा बसोबास गर्न पुगेका तामाङ जातिहरुको उपस्थिति रहने आयोजकहरुले बताएका छन् । बर्मा, थाइल्यान्ड, भारत, भुटान जस्ता देशहरुबाट बौद्ध धर्मावलम्बी तामाङ समुदायले यो जात्रा मनाउन नेपाल आउने गरेको बताइन्छ । नमोबुद्ध हुँदै राजधानी छिरेका दर्शनार्थीहरु बौद्ध स्तुपामा दीप प्रज्वलन गरी बालाजु बाइसधारामा स्नान गरेर स्वयम्भूनाथ स्तुपामा पुगी पुनः दीप प्रज्वलन गरी आफ्ना पितृहरुको सम्झना गर्ने परम्परा छ ।
बौद्धनाथ क्षेत्रको पुरानो र ऐतिहासिक नाम फस्र्योरलाई काठमाडौं महानगरपालिकाले पुनः ब्यूताउने घोषणा गर्दै सो क्षेत्र वरपरका पाँच वटा वडामा अनुसन्धान गरी महानगरपालिका यो निर्णय पुगेको आयोजकले बताएका छन् । जात्रा व्यवस्थापनका लागि आवश्यक खर्चको बन्दोबस्त बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तामाङ कल्याण गुठीले व्यहोर्ने भएका छन् । जात्राका आगन्तुकहरुका लागि सहज होस् भन्ने उद्देश्यले आयोजकले भक्तजन तथा लामा गुरुहरुका लागि त्रिपालको व्यवस्था, स्वास्थ्य शिविर तथा आपतकालिन एम्बुलेन्सको व्यवस्था, पिउने पानी, पूजा पाठको सजताका लागि पंक्ति व्यवस्थापन, हेल्प डेक्स, प्रसाद वितरण र शान्ति सुरक्षाको व्यवस्था मिलाएको बताइएको छ । स्थानीय संघसंस्था र युवाहरुको सक्रियतामा स्वयंसेवक परिचालन गरिने कुरा सामुदायिक सेवा केन्द्र बौद्धका अध्यक्ष वीरबहादुर लामाले बताउनुभएको छ । जात्रामा ६० हजार भन्दा बढी भक्तजनको उपस्थिति हुने अनुमान आयोजकको छ ।


सम्बन्धित समाचार

प्रचण्डलाई ढाक्रे बनाउन पाक्यो खिचडी

२०८१ बैशाख १९

ताजा नेपाल

आफन्त र नेता नव कुवेर बन्दै

२०८१ बैशाख १९

ताजा नेपाल