Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकालको भ्याइ नभ्याइ

देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गुल्मीका सागर ढकाललाई यतिबेला डडेलधुराका गाउँ डुल्न भ्याइनभ्याइ छ । कहिले भागेश्वरको ग्वानी बसौटी पुग्छन्, कहिले परशुरामको मलास क्षेत्र । कहिले पश्चिम सेती प्रभावित क्षेत्रमा पुग्छन् कहिले प्रधानमन्त्री शेरबहादुर देउवाको पुर्ख्यौली थलो गन्यापधुरा । जहाँ नेताहरू निर्वाचनका समयमा मात्र पुग्छन् त्यस्ता दुर्गम बस्तीलाई उनले आफ्नो चुनावी अभियानको पहिलो गन्तव्य बनाएका छन् ।
ढकाल चार दशक पछिसम्मको योजना र आश्वासन बोकेर डडेलधुराका विकासले छुन नसकेका दुर्गम गाउँमा चुनावी भेला गर्न व्यस्त छन् । उनको चुनावी अभियानलाई अमरगढी र परशुराम नगरपालिका तथा आलीताल गाउँपालिकाका दर्जनभन्दा बढी युवाले सहयोग गरिरहेका छन् । ढकालका कुरा युवा, वृद्ध र महिला सबैले ध्यान दिएर सुनेका छन् आलीतालका हर्क बोहरा भन्छन् उनीसँग योजना छ स्पष्ट धारणा छ ।
ढकाल चुनावी माहोल परिवर्तन हुनेमा आशावादी छन् । म ४० वर्षमुनिका युवालाई जागरण गर्दै चुनावी अभियानमा जुटेको छु समाजका हरेक वर्ग अहिले उकुसमुकुसको अवस्थामा छन् उनी भन्छन् ३२ वर्ष देउवाले शासन गर्दा के भयो रु भन्ने प्रश्न हरेकको मनमा छ । युवासँग यही प्रश्न लिएर म गाउँगाउँ पुगिरहेको छु ।

पाँच वर्षअघि बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई गरेको प्रश्नबाट चर्चामा आएका ढकाल सरकारले आमनिर्वाचन घोषणा गरेलगत्तै डडेलधुरा पुगेका हुन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल