Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा आत्तिएरै हो त ? डडेल्धुरामा सागरलाइ प्रचार प्रसार गर्न नदिएको

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न रोक लगाइएको बताएका छन् । उनले सोमवार वक्तव्यमार्फत आफूलाई जोगाइदिन जनतालाई आह्वान गरेका छन् ।
ढकालले प्रधानमन्त्री देउवाले खुल्लमखुल्ला कानून नियम उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको आरोप लगाउँदै आफूले भने हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दा त्यो पनि नदिइएको गुनासो गरेका छन् ।

ढकालले भनेका छन् मलाई जोगाइदिनुस् मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुल्लमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिङ गर्न पनि दिएको छैन।

बीबीसीको साझा सवाल कार्यक्रममा तत्कालीन प्रधानमन्त्री देउवालाई प्रश्न गर्दा तपाई बढ्ता बोल्दै हुनुहुन्छ भन्ने जवाफपछि चर्चित भएका ढकाल अक्सफोर्डको पढाइ सकेर डडेलधुरामा देउवासँगै चुनावी प्रतिस्पर्धामा छन् ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल