Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाको प्रतिबद्धता आउने भो

काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपाको बहुमत पक्षले आम नागरिकलाई विश्वास दिलाउन प्रतिबद्धता पत्र लेख्ने प्रयास गरेको छ । आन्दोलन हुदा जनता माथी दमन गरि राज्य सत्तामा पुग्ने नेताहरुलाई लाज पचाउन पनि यो प्रतिबद्धता जनाउन परेको हो । विगतमा कम्युनिष्ट पार्टीप्रति जनमत ठूलो भएपनि नेताहरुले आफ्नै स्वार्थ र गुटको पक्ष लिदा यो अवस्था आएको हो ।

अहिले सर्वंत्र आलोचना भएपछि संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा प्रतिबद्धता पत्र लेख्ने कार्यदल बनेको छ । गएको माघ २६ मा बसेको संघर्ष समितिको बैठकले श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको बताइको छ । बिगतमा माओवादीका तर्फबाट मन्त्री हुने दिनानाथ शर्मा जस्ता भष्मशुरलाई अध्यक्ष प्रचण्डले काखी च्याप्दा तत्कालीन माओवादी बदनाम भएको थियो । वर्षमान पून जर्नादन शर्मा जस्ता नेताले मचाएको लुट गिरीराजमणी पोख्रेलले निरन्तरता दिदा पार्टीको बदनाम भएकै कारण यस पटक आन्दोलन अगाबै नेकपाले प्रतिबद्धतापत्रको मस्यौदा तयार पार्न बाध्य भएको हो ।

कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, जनार्दन शर्मा, वर्षमान पुन, लीलामणि पोखरेल, बेदुराम भुसाल लगायत नेताहरु सदस्य छन् । ‘कार्यदल बनेको छ, अब यसले प्रतिबद्धतापत्र तयार पार्ने गरी छलफल अगाडि बढाउँदैछ’ , नेता वेदुराम भुसालले बताए ।

नागरिक अगुवाहरुले आमनागरिकलाई सडक संघर्ष, सत्ता परिवर्तन र पद प्राप्तिको लागि मात्रै होइन भन्ने स्वेतपत्र जारी गर्न सुझाव दिँदै आएका छन् । त्यसकै आधारमा समूहले प्रतिबद्धता पत्र जारी गर्ने तयारी गरेको छ । यो समयमा नेकपामा देखिएको इमान्दारीतालाई जनताले सकरात्मक ठानेका छन् ।


सम्बन्धित समाचार

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल