Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेप्से घट्यो, ४४१ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बन्द भएको हो । नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २ हजार ५ सय ४३ दशमलव ५२ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि दशमलव ३९ अंकले ओरालो लागेर ४४९ दशमलव ९२ अंकमा झरेको छ । कारोबार रकममा पनि आइतबार खासै उल्लास देखिएको छैन । दिनभर भएका ६४ हजार ५ सय १५ कारोबारबाट २०९ कम्पनीका ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरु घट्दा समग्रमा बजार घटेको हो ।