Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेप्से २७ अंकले घटेसँगै कारोबार रकममा गिरावट

काठमाडौं । लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ ।

साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २७।८४ अंकले घटेर २०८०।८७ बिन्दुमा अडिएको छ । अघिल्लो दिन बुधबार मात्रै २ अंकले घटेको बजारमा ४ अर्ब २२ करोडको कारोबार भएको थियो ।

बिहीबार बजारमा १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयरको खरिद बिक्री हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । आजको कारोबारमा नेप्से दोहोरो अंकले घटेपनि वेन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सकिर्ट लागेको छ ।

कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर ५० करोड ८९ लाख ८ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।


सम्बन्धित समाचार