Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टीको निर्देशन बादलहरुले सुन्लान् ?

काठमाडौँ । पार्टी एकीकरण भंग गर्ने सर्वोच्च अदालतको निर्णयपछि घाटा सहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले वर्तमान सरकारमा सहभागी मन्त्रीलाई फिर्ता आउन निर्देशन दिएको छ । सम्पन्न केन्द्रको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले वर्तमान सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीलाई २४ घण्टाभित्र फिर्ता आउन निर्देशन दिएको पनि श्रेष्ठले बताए । ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्रका तर्फबाट सरकारमा छन् । यस्तै बैठकले हिजो एमालेले केन्द्रीय सदस्य बनाइएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो कि होइन भन्ने लिखित जवाफ पार्टीमा पेस गर्न पनि निर्देशन दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा ‘बादल’ सहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित गरेका थिए।