Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पृथ्वी सुब्बाको पद जोगिन मुस्किल

काठमाडौं । स्थिर सरकारको चाहना गरेर जनताले कम्युनिष्टलाई दिएको बहुमत नपच्दा संघदेखि प्रदेशसम्म सत्ता परिवर्तनको खेल शुरु भइसकेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल हुँदैछ । उनीविरुद्ध अविश्वासको प्रस्तावको टुंगो भोलिभित्र लगाउनुपर्नेछ । गुरुङ्गको पक्षधर र विरोधी दुवै समूह आफ्नो पक्षमा पल्लाभारी बनाउन सक्रिय भएका छन् । गण्डकी प्रदेशमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र एक भएपनि अविश्वासको प्रस्ताव पारित हुँदैन । काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका सबै सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेमा गुरुङ्गको सरकार ढल्छ । तर, फ्लोर क्रसको सम्भावना माओवादी र जनमोर्चामा पनि देखिएको छ । यद्यपि, गण्डकी प्रदेशमा फ्लोर क्रसको रोचक घटना हुने संकेतहरु देखिएका छन् । जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदले अविश्वासको प्रस्तावको पक्षमा मत दिने सम्भावना छ । माओवादी र जनमोर्चाबाट फ्लोर क्रस भएमा एमालेबाट पनि फ्लोर क्रस हुनसक्ने सम्भावना उत्तिकै छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । काँग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र १ जना सासद छन् । स्वतन्त्र सांसद दिपक मनाङे एमालेलाई समर्थन गर्दै आएका छन् ।