Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सेभिया । थ्रोगन हेजार्डको गोलको मद्दतमा बेल्जियमले आइतबार युरो २०२० मा पोर्चुगललाई १–० ले हराएर क्वाटरफाइनल यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम आठमा फिफा वरीयताको नम्बर १ टिम बेल्जियमको सामना इटालीसँग हुनेछ । हेजार्डले ४२औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट उत्कृष्ट गोल गरेका हुन् । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो खासै चम्कन सकेनन् ।
पहिलो हाफमा उनले फ्रिकिकको अवसर पाए पनि त्यो निर्णायक हुन सकेन । यस क्रममा ३६ वर्षीय रोनाल्डोको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाउने सपना पनि पूरा हुन सकेन । इटालीको सामना गर्नुअगाडि बेल्जियमका लागि एडेन हेजार्डको चोट भने चिन्ताको विषय हुनेछ । उनी चोट बोक्दै दोस्रो हाफमा मैदान छाड्न बाध्य भएका थिए ।
२०८१ आश्विन २५
ताजा नेपाल
२०८१ आश्विन २५
ताजा नेपाल
२०८१ आश्विन २५
ताजा नेपाल