Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त हुनुभएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उहाँलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पत्र पठाउनुभएकाे छ ।
तर, यसबारे मुख्यमन्त्री कार्यालयका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले आफूलाई जानकारी नरहेको बताउनुभयाे । ‘मन्त्री बर्खास्तबारे मलाई जानकारी छैन उहाँले भन्नुभयाे यसबारे आधिकारिक धारणा आउला नि, एकपटक प्रदेश प्रमुख कार्यालयमा बुझ्नुस् न ।
स्राेतका अनुसार मन्त्री आचार्य बर्खास्त भएकाे पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेकाे छ । उहाँमाथि माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेकाे आराेप लागेकाे छ । उहाँ नेपाल समाजवादी पार्टीका सांसद हुनुहुन्छ ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल