Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन चुनावपछि पनि निरन्तर रहने बताएका छन् ।
सत्तारुढ गठबन्धनले शुक्रबार रुपन्देहीमा गरेको कार्यक्रममा उनले चुनावपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न सत्तारुढ दलका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
‘यो गठबन्धन खाली निर्वाचन जित्न बनाइएको होइन । यदि त्यसरी बुझियो र लिइयो भने यो गठबन्धनको ऐतिहासिक आवश्यकतालाई, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा, राष्ट्रको रक्षा, समानुपातिक समावेशीको रक्षाको विषयलाई अवमूल्यन गरेको ठहर्छ’ उनले भने ।
यो चुनावमा सत्तारुढ गठबन्धन विजयी भएर मात्र नपुग्ने भन्दै प्रचण्डले ‘प्रतिगमन’को खतरा रहँदासम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।
‘हामी कसैले के नसोचौं भने चुनाव सकिएपछि गठबन्धन सकिन्छ, अनि मेरो पार्टीलाई जिताउँछु अरु जेसुकै गरुन् भन्ने नसोचौं । त्यसरी सोच्यो भने आत्मघाती हुनेवाला छ’ प्रचण्डले भने, ‘हामी एउटै डुंगामा छौं, जिते सबैले जित्ने र हारे सबैले हार्नेवाला छौं ।’
अहिले गठबन्धनका दलहरुले एकले अर्कालाई मद्दत गर्नुपर्ने भन्दै प्रचण्डले भने, ‘किनकी यो गठबन्धन धेरै मिहिनेतले बनेको हो ।’
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल