Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल गिरफ्तार गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ
रामेछापका माओवादी द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरण र सुर्खेतका पूर्णप्रसाद पौडेलले मानव अधिकार आयोगमा निवेदन दिनुभएको हो
निवेदनमा माओवादी सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट घाइते, अङ्गभङ्ग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसामा परेका, सम्पति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका, विस्थापित लगायतका पीडितको जिम्मा प्रचण्डले लिनुपर्ने उल्लेख छ ।
२०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले आफूले पाँच हजार मान्छे मारेको जिम्मा लिने बताएका थिए । उनी आफैले हत्या स्वीकार गरेकाले तत्काल गिरफ्तार गरी आवश्यक अनुसन्धान एवम् कानून बमोजिम कारबाहीका लागि आवश्यक पहल गरिदिन निवेदनमा माग गरिएको छ ।
निवेदन कात्तिक ९ गते ई–मेलमार्फत दर्ता भएको हो ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल