Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन काँग्रेस भयो राजी

काठमाडौं। काँग्रेसलाई अहिले दुवै हातमा अड्डु छ । मात्रै कुन लड्डु खाने भन्ने अन्योल कायम रहेको छ । ओलीलाई छाड्न नसकेका देउवालाई माधव प्रचण्डसँग मिलेर सत्ता जान वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सुझाव दिइरहेका छन् । यही फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा दाहाल नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति गरेको स्रोतको दाबी छ । नयाँ प्रधानमन्त्रीमा भने कांग्रेस सभापति शेरबहादुर देउवाको नाम अघि सारिएको पनि स्रोतले दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनेर छुट्टा छुट्टै आन्दोलनमा होमिएका प्रमुख तीन संसद् पूनःस्थापना भएपछि ओलीविरुद्ध शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा सहमत भएका हुन् । र, उनीहरुबीच सरकार बनाउने विषयमा समेत मोटामोटी सहमति भैसकेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बरु संसदमै फेस गर्ने बताईरहेको बेला यता तीन दलबीच भने उनलाई हटाउनको लागि नयाँ सहमति बनिसकेको छ । आजमात्रै चितवनको एक कार्यक्रममा कांग्रेस सभापति देउवाले आफूले सत्ताको भाग नखोज्ने तर जिम्मेवारी आईहाले नभाग्ने भनेर अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सानो चित्त नबनाउन सुझाएका थिए । नेता पौडेलले कांग्रेस सत्तामा जाँदा राम्रो सन्देश नजाने भन्दै पाँच वर्ष नै प्रतिपक्षमा बस्न सुझाएका थिए । तर, जवाफमा देउवाले आफूले भाग नखोज्ने, तर जिम्मेवारी आए नभाग्ने भन्दै सरकारको नेतृत्व गर्नेबारे संकेत दिएका थिए । उता, नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले त कांग्रेस सभापति देउवालाई भेटेरै मिलेर सरकार बनाउनेबारे प्रस्ताव गरेका थिए । उनीहरुले आफूहरु प्रधानमन्त्री नबन्ने भन्दै सरकारको नेतृत्व गर्नसमेत देउवालाई आग्रह गरेका थिए । नेकपामा दाहाल नेपाल समूहसँग ९० जना सांसद रहेको भनिएको छ ।