Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीलाई अमर्यादित शब्द प्रयोग गरेको आरोपमा गृह प्रशासनको निगरानीमा परेकी नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध बोल्न पाउनुपर्ने बताएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको दबावमा अहिले नेतृ झाँक्रीलाई पक्राउ गर्ने तयारी भइरहेको बताइएको बेला राजधानीबाटै फेरि उनले राष्ट्रपतिलाई कडै तर मर्यादित चुनौती दिएकी छिन् ।
बुधबार काठमाडौंमा आयोजित दाहाल–नेपालसमूहको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यसविरुद्ध बोल्ने बताएकी हुन् । हजारौं शहिद, घाइतेहरुको योगदानबाट प्राप्त भएको उपलब्धिका एकै रातमा एउटा जंगी बादशाहले च्यातचुत गर्ने बादशाहको विरुद्ध बोल्छौं, उनले भनिन्, मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहीछाप गर्ने राष्ट्रपति, सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शिर्ष माथिको संस्था हो । त्यो संस्थामा निर्वाचनको प्रक्रियाबाट गएकोले निरंकुशताको साक्षी बस्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्नु पर्छ । कस्ले भन्छ बोल्न पाइदैन भनेर ? नेतृ झाँक्रीले प्रधानमन्त्री ओली कागजको बादशाह भएको र उनी ढलिसकेको अन्तिम घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरिन् । आजको मानवसागरले भन्छ खड्गप्रसाद ओली कागजको बादशाह हुन् । ती ढलिसक । अब अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाह वा तानाशाहले आफ्नो कदलाई घटाउँदै राज्य सत्ताको दुरुपयोग गरेर कागजका अग्ला अग्ला प्रतिमा बनाउँछन् । ओलीले त्यहि गरेका छन् । यो अधोगति हो, उनले भनिन् ।
एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा त्यहाँ महिलाको अस्मिता नमिचिने नेतृ झाँक्रीको भनाइ छ । कस्ले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर ? महिला अस्मिता त्यहाँ बलात्कृत भएको छ जहाँ भागरथी भट्ट, निर्मला पन्त जस्तै कलिला किशोरी बलात्कृत भएका छन् त्यहाँ महिला अस्मिता मिचिएको छ, उनले भनिन्, कुनै पदमा लिंग हुँदैन । त्यहाँ बोल्न पाईन्छ । त्यो सार्वजनिक पद हो । सर्वोच्च अदालतले संविाधान र कानुन अनुसार फैसला गर्ने विश्वास आफूहरुलाई रहेको झाँक्रीले बताइन् । अहिलेको लडाइ पात्रकोविरुद्ध नभएर प्रवृत्तिको विरुद्ध भएको उनको भनाइ छ । खडगप्रसाद ओली व्यक्ति हैनन् प्रवृत्ति हो । यो लडाइँ जितिसकेका छौं । अब कहिल्यै खड्गप्रसाद ओली प्रवृत्ति नदोहोरियोस् । त्यसको घोषणा गर्ने हो । यो पात्रको विरोध हैन, प्रवृत्तिको विरोध हो, उनले भनिन् ।
कार्यक्रममा केन्द्रीय सदस्य अमृता थापा मगरले भागीरथी भट्ट र निर्मला पन्तको हत्यारा पत्ता नलागेसम्म देशका सबै वडाबाट महिलाहरु हातमा औजार लिएर विरोधमा उत्रन आग्रह गरिन् । जबसम्म भागीरथी भट्ट र निर्मला पन्तको हत्याराको पहिचान र कारबाही गर्न नसक्नेहरुविरुद्ध र यो प्रतिगमन नसच्चिएसम्म आफूलाई सेल्फ डिफेन्सको तालिम लिँदै हातमा खुकुरी, चुलेसी, डाडु पन्यु लिएर उठ्न आग्रह गर्छु, उनले भनिन् ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल