Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि मलाई हटाउन सक्नुभयो भने दुई तिहाई पक्का

झापा । सम्मानित सर्वोच्च अदालतले सरकारले गरेको संसद विघटनको निर्णय उल्ट्याएपछि प्रधानमन्त्रीमाथि संसद सामना गर्नुको विकल्प छैन । यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताए । संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर काठमाडौं आएका नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेको चर्चा गर्दै उनले भने, प्रभु, संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ । देशको विकास रोक्न आफूलाई हटाउन खोजेको ओलीको दाबी छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास नगरेको र विचार गरौंला भनेर पठाएको उनले सुनाए । जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दा तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि नेताहरु झसङ्ग भएको पनि ओलीले टिप्पणी गरे । अहिले राजीनामा गरिदिनुस् न भनेर आफूसामू हात थाप्न थालेको भन्दै प्रधानमन्त्री ओलीले अघि भने, तपाईंहरुले मुद्दा लडेर संसद ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् । उनले अघि भने, ‘पहिले पनि अविश्वास राखेर हटाएको हो, म जनताबाट फर्किएर आएको हुँ । फेरि हटाउन सक्नुभएछ भने जनताबाट दुई तिहाई लिएर आइदिन्छु ।