Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बजारको महंगी भान्सेलाई सोध

  • इश्वरी वाग्ले

काँग्रेसी मन्त्रीले नटेर्दा गठबन्धन फेरेर भए पनि जनताको हितमा केही गरौं भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल हतारिएका छन् । उनलाई सत्ता गठबन्ध्न मित्रबाट न त केपीको साथ छ नत माधव नेपालको ढाडस छ । रास्वपाका रविहरू आफैं डामिने पौरखी धन्दामा लागेर चर्चा कमाएका छन् । सहकारी ठगीमा श्रीमान श्रीमतीलाई मात्र नभई पार्टीका जल्दा बल्दा धतुरेहरू परेपछि रास्वपाको धोती फुकाल्ने काम बाख्रेकाजीहरूका काँधमा आयो । नक्कली भुटानी शरणार्थी प्रकरण, टेरामक्स र स्वास्थ्य उपकरण खरिद काँग्रेसी मार्कोसको आम्दानी हो । भ्रष्टाचारमा नडुबेको नेता भएनन् । परिवारवाद प्रचण्डको मुख्य दर्शन हो । उनलाई सत्ताको स्वाद लिने र रमाउने समय यही हो । अति भएपछि खति हुन्छ । अत्याचार हुँदा विष्फोट हुन्छ । बजार कस्तो छ भान्सेलाई थाहा हुन्छ । जो दैनिक भान्साका सामग्री खरिद गर्दछ । सरकार चम्कन्छ भान्साको महंगीबारे कसैलाई सोच्दैन । समृद्धिका कल्पना बढी छन् ।

कलम चोब्यो बात लाग्यो
निर्णयकर्ता जो हो उसैलाई अख्तियार लाग्छ । पैसा खाने नेता कारबाहीमा पर्ने कर्मचारी भएपछि कसरी सरकारका मन्त्री र प्रधानमन्त्रीको रफ्तार मिल्छ ? प्रधानमन्त्रीले विगतमा पनि मन्त्रीहरूलाई सक्रिय बनाउने प्रयास गरेका थिए तर मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले दिने निर्देशन भन्दा काँग्रेसी मार्कोस डा. आरजु राणाको आदेशलाई शिरोपर गरेका कारण नजताको भावना पूरा भएन । काँग्रेसलाई जनभावना पूरा गर्नु उचित भएन । भ्रष्टाचारका बारेमा काँग्रेस खुल्ला छ । पैसा नेताले खाने कारबाहीमा कर्मचारी पर्ने भएकाले प्रधानमन्त्रीले बल गरे पनि कर्मचारीको जाँगर नदेखिएको हो ।
माओवादीसँग कर्मचारी नै खुशी छैनन् । किनकि माओवादी पक्षका कर्मचारी नै सबै तहमा पर्याप्त छैनन् । सरकारमा एमाले छ । पार्टीका नेताले दुवैथरि कर्मचारी नेतालाई एकै ठाउँमा राखेर सरकारका योजना सफल बनाउन छलफल गरेको पाइँदैन । अदालत, अख्तियार, अस्पताल जस्ता ठाउँमा दलका टिके र पछुवा पठाएपछि तिनले आफूलाई खटाउनेको आदेश मान्छन् कि कानुनले दिएको अधिकार प्रयोग गर्छन् । कर्मचारीमा जागिर बचाउने जागर नचल्ने कारण पनि घुस्याहा स्वाभाव हो । निष्ठा र त्यागको राजनीति नेताले छाडेपछि कर्मचारीले किन कार्यान्वयन गर्छ । घुस खाने र अकुत कमाएका विवादित भएकाहरू एक पटक अख्तियार पुग्ने गरेका छन् । सरकारका साझा संकल्प छन् । कार्यान्वयन हुुँदैन भने त्यो साझा संकल्प जरुरी छैन । कमल चोब्यो कि बात लाग्ने भएपछि जाँगर कसरी लाग्छ । कमिशन खानेले जसरी पनि खान्छ । सरकारले काम गर्नैै भएन । खरिदकै कुरा गर्दा निजी क्षेत्रले १८ करोडमा लिने स्वास्थ्य उपकरण सरकारको स्वास्थ्य मन्त्रालयले ३८ करोडमा खरिद गराउने माननीय मोहन बस्नेत संसदमै छन् । सामान सप्लायर्स विशाल पण्डित यहीँ छन् ।

घुस्याहा बस्नेतलाई सोध
बस्नेतसित सोधे हुन्छ नि त्यो १८ करोडको सामानको रु २० करोडको भागवण्डामा बढी खाने काँग्रेसी मार्कोस डा. आरजुको भागमा कति हो ? मोहन बस्नेतले स्वास्थ्यमा मच्चाएको आतंक उसले खरिद गरेका स्वास्थ्य सामग्रीको लेखाजोखा गर्ने को ? उपेन्द्र यादवलाई उपप्रम नै चाहियो । अस्पतालहरूले जनताको उपचार गर्दैनन् । कतै पनि सरकारको लगानीका अस्पताल मृत्यु घर हुन सक्छन् । बस्नेतले सिंहदरबार वैद्य खानामा मेडिकल डाक्टर स्वास्थ्य सेवा विभागमा आयुर्वेद डाक्टर पठाए, आधुनिक अस्पतालको व्यवस्थापन गर्दै थिए । राजनीतिको संस्कार नभएको सफेद गुण्डा र तस्करलाई काँग्रेसले स्वास्थ्य मन्त्रालय जस्तो स्थानमा पठाउनु नै जनताको निम्ति काल बन्यो । बस्नेतकै पालामा कान्ति बाल अस्पताल परिसरमा डाक्टरको लापरबाहीले अबोध बालिकाको अभिभावककै काखमा ज्यान गयो । कान्ति अस्पताललले त्यो लापरबाही सुधारेकै छैन । विरामी भर्ना नलिँदा अर्को बच्चो पनि गयो । उपेन्द्र यादवलाई बाह्र हातको टाँगाले छोएको छैन । प्रधानमन्त्रीको हुटहुटीको के अर्थ ?

एमाले बोल्दैन जहाँ
प्रधानमन्त्री कर्मचारीले जाँगर चलाएनन् भन्छन् । पैसा नेता खाने, बजेट देशको सकिने अपजस कर्मचारीले पाउने भएपछि सुशासन कस्तो आउँछ ? प्रधानमन्त्री सुशासन भन्छन् एमालेका श्री ३ महाराज समृद्धि भन्छन् । केपी ओली बिनाको एमाले र एमाले बिनाको समृद्धि सम्भव छैन भनिदैछ । तर कालो बजार नियन्त्रण गर्ने उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय एमालेले लिएर कति ठाउँमा कालो बजारीमाथि प्रहार ग¥यो ? सरकार बनेको एक महिना पूरा भएको छ । एमालेले माफिया मोती दुगडको व्यापारमा प्रहार गर्दैन । किनकि दुगड विद्युत महसुल तिर्दैनन्, राजश्व मार्छन्, साल्ट ट्रेडिङको नुन आफ्नो कम्पनीको लोगोमा प्याक गछन् प्रतिकिलो रु २० को नुन ३५ बनाएर लुट्छन्, एमालेले त्यो देख्दैन । एमालेको ब्यूरोक्रेसी पनि भ्रष्ट छ । कार्यकर्ता स्वार्थी छन् । जुट भन्दा गुटबन्दी छ । केपी ओली रौं उम्रियो, कालो भो २० वर्ष कसैले नचिताए हुन्छ पार्टी अध्यक्ष मै हुँ भन्दैछन् । ओलीकै शासनमा पनि जनताले महंगी र अभाव झेल्यो । केपीको हुकुम कतै परेन । घर घरमा ग्याँस पाइप, पूर्वपश्चिम रेल, नारायणी नदीमा पानी जहाज । उनको थेगो भयो तयारी कतै भएन । अहिले पनि त्यस्तै छ । अपजस प्रचण्डले पाउँछन् ।
कालो बजार नियन्त्रणमा एमाले चासो नदिने शक्ति त्यो बेलाबाट भयो जुनबेला नीतिगत भ्रष्टाचारले ठाउँ लियो । वाइडवडीकै केशमा परेका प्रेमकुमार राई अख्तियार प्रमुख छन् । उनी एमाले पनि कपी अ‍ोलीका साथी परे । अख्तियारले राईलाई छोएन जबकि उनी वाइडवडीका प्रत्येक निर्णयकर्ता हुन् । प्रधानमन्त्री प्रचण्ड काम देखाउने भन्छन् । काम देखाए महरा पक्रिए, धरौटीमा छुटे, छोरो जेलमा छ । काली बहादुर खाम जेल परेका छन् । अपराध जसले गर्छ त्यो थुनिन्छ । अरवौं कुम्ल्याएका ईश्वर पोखरेलहरू चोखा भए केपी ओली श्री ३ नै भइरहे गुटबन्दीका कारण मौलाएका छन् ओलीका साइबर स्यालका कमाण्डरलाई बाइफाले आइमाइ भारी बन्दैछ । विद्याको टिम एमालेमा बलियो भन्दै गर्दाै केपी ओलीको कपाल पलाएको सुनियो । राजनीति गर्न साहस चाहिन्छ । तर त्यो साहसले दुष्ट्याइँलाई चम्काउने होइन समाज सेवक बनेको जनता देख्न चाहन्छ ।


सम्बन्धित समाचार