Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव बन्दैछन् काँग्रेसको हतियार

काठमाडौं । मौकामा पाएको भाग लिनु नौलो होइन भन्ने समाजवादीको निर्णयलाई हजमवादी बनाउन थाल्दा राष्ट्रिय हैसियत बचाउन नसक्नेलाई संकट पर्छ । राजनीतिक सिद्धान्त, अदर्श र व्याख्या आफ्नो ठाउँमा छ । तर प्रदेशदेखि संघीय सरकारसम्म गठबन्धनलाई संकट खडा गर्न माधव नेपालको स्वतन्त्र अस्तित्व काफी छ । त्यहाँ झन् सानाको लडाइँ उस्तै छ । नेपालको पार्टी राष्ट्रिय बन्न सकेन । माओवादीले काँध नथापेको भए संघीय संसदमा १० सिट पनि आउने थिएन । अहिले एकिकृतका कतिपय जिल्ला खाली भएका छन् । तर पनि केन्द्रलाई छोएको छैन । उप निर्वाचनमा इलाम र बझाङमा आफ्नो पार्टीको अस्थित्व देखाउन एकीकृत समाजवादीले उम्मेदवार खडा गरेको छ ।
पार्टी गठन भएपछि संगठन बनाउनुपर्छ भन्ने ज्ञान नेतामा छैन । अध्यक्ष नेपालले संघीय संसदको गणनामा प्रचण्ड र केपीलाई सघाउने एक प्रदेशको मुख्यमन्त्री, राष्ट्रियसभामा उपाध्यक्ष र सम्मानजनक मन्त्री पद खोजको छन् । बहुमत पु¥याउन संघमा नेपालको पार्टी जरुरी छैन । गण्डकी प्रदेशमा माधवको पार्टी निल छ । सामाजिक अपराधीलाई च्याप्नु परेको छ । लुम्बिनीमा एक जना, कोशीमा ४ जना सुदूरपश्चिममा ४, कर्णालीमा १ बागमतीमा सात, मधेशमा सात सांसद हुँदा एकीकृतलाई सम्माजनक सहभागिता चाहिएको हो । भन्छन्, समाजवादी खोज्छन् ठूलो भाग यही हो एकीकृत समाजवादीको दर्शन । जसरी संसदमा नभएका मोहन वैद्यको दर्शन छ । त्यहा कोही नाच्न जाँदैनन् आँगन टेढो आफ्नो पार्टीको धरातल ख्याल नगर्ने पद भने भएका सबैलाई बाँडेर एमालेको लुटाहा सिद्धान्त स्वीकार्दा समाजवाद आउँछ ? जबकि महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनालहरू वाममोर्चामा छन् । एमाले, एकीकृत समाजवादी भनेको सेनाको डिएमआईबाट तलब खानेहरूबाट सञ्चालित शक्ति हुन् । कुरा लुकाउनै पर्दैन । माधवको पार्टीका २÷४ जनाले अहिले गठबन्धन नरुचाउनु पनि डिएमआईकै डिजाइन हुन सक्छ । माधवले आफ्नो बल बुताले जित्ने कुन त्यस्तो जिल्ला र क्षेत्र बनाएका छन् ? माओवादी अध्यक्ष प्रचण्डले आफू सकिए पनि आफ्ना दर सन्तान, भाइ–भारदार लाई स्थायी ठाउँ बनाएको देखियो । हिजो आफैंले युद्धमा लडाएकाहरूलाई प्रचण्डले पनि केही गरेनन् । यो सरकार प्रचण्डको अन्तिम हो । सुनिँदैछ केपी र प्रचण्डका बीचमा आलोपालो प्रम हुनेमा सम्झौता छ । ओलीले लिखित पनि लत्याए र सम्झौता सार्वजनिक गर्न माओवादीलाई बाध्य पारेकै हुन् । तर प्रचण्ड त्यस्तो अविश्वासी छैनन् । मुखले बोलेको कुरा कार्यान्वयन गर्नु प्रचण्डको इमान्दारिता हो । ओली आएपछि बढ्छ फेरि माधवको कचकच जसको अर्थ रहँदैन ।

देश चुनावको तयारीमा
निहुँ खोज्न ठूलो ठाउँ जरुरी छैन । जनताको लागि यिनले केही गर्नु परेन । हिजो पनि सत्ता र शक्तिमै सबै एक थिए । आज पनि चरित्र उस्तै छ । कम्युनिष्ट पार्टी भनेकै नेता ठालू जनता दास बनाउने र शोषण गर्ने हो भन्ने देखाइँदैछ । किनकि गणतन्त्रले दलका नेता, कार्यकर्तालाई जागिरे बनायो, समाजसेवी होइन । जनताको आवाज उठाउने भनिएको कम्युनिष्ट पार्टी सामन्तवादी चिन्तनमा ग्रस्त भएको कुरा स्थानीय तहमा बढेको व्यापक भ्रष्टाचार प्रमाण हो । स्थानीय तह जनताको सरोकारसँग टाढा छन् । काँग्रेस, कम्युनिष्टको नाममा स्थानीय सरकार चलेका छन् । तर गणतन्त्र के हो भन्ने कुरा जनप्रतिनिधिको व्यवहारिक रूपमा प्रगतिशिल चरित्र पनि देखिएन । विचार मिलेका कार्यक्रम मिलेका दलहरूकाबीचमै एक आपसमा सशंकित भएका छन् । वामपन्थीहरू पदकै कारण फुट्छन् ।
ठूलो भाग खोज्ने जनताको जीवनसँग सरोकार नराख्ने कुरामा एमाले, माओवादी एक छन् भने ठाउँ कुठाउँ भाग ठूलो खोज्ने आफ्ना मन्त्रीहरूबाट काम देखाउन नसक्ने एकीकृत समाजवादीले समेत चरित्र देखायो । पुरानो गठबन्धन जोगाउन माधव नेपाल लागेकै होइनन् । काँग्रसले प्रधानमन्त्रीलाई असहयोग गर्दा माधवले शेरबहादुरसँग छलफल गर्न चासो दिएनन् । गठबन्ध्न गर्ने तर सरकारका प्रमलाई सघाउन नपर्ने कस्तो गठबन्धन हो ? अहिले पनि चरित्र त्यही छ । आफू विधि र प्रक्रियामा चल्ने दाबी गर्ने माधव नेपालहरू आफ्नो लागि पदको सुरक्षा कसरी गर्न सकिन्छ भनेर लागेको देखियो । पार्टी राष्ट्रिय होइन । राष्ट्रिय बन्न ३ लाख ३५ हजार समानुपातिक मत पु¥याउनेगरी एकीकृतले चुनावी प्रचार नै गरेन । विचार र सिद्धान्त एमालेकै छ । कार्यक्रममा कुनै नयाँपन छैन । माधव नेपालको निहुँ खोजाईले वर्तमान गठबन्धन जुन उद्देश्यले बन्यो त्यो पूरा भएको देख्न जनता चाहन्छन् तर जनताको समस्यामा दलहरूले सचेतता अपनाएनन् । यो दुःखद घटना हो । यस्तो दुःख देशले धेरै सहन्छ । नेपाली काँग्रेस आफू पनि जनमुखी छैन । काँग्रेसमा भ्रष्टाचारीको नयाँ रूप देखएिका छन् । मन्त्रीले प्रधानमन्त्रीको निर्देशन भन्दा डा. आरजु देउवा जस्ता भ्रष्टाचारकी कुलदेवीको आदेश मान्न थालेपछि कालो बजार र भ्रष्टाचारको रूप फेरिएर झन मौलाउन पुगेको छ । वामपन्थी शक्तिमा एमाले अध्यक्ष केपीको डनवादी चरित्रसँग काँग्रेसको चरित्र मिल्छ । त्यही कारण ठूलो दलको हवला दिएर काँग्रेस र एमाले मिलाउने भन्दै डा. शेखर कोइराला देश दौडाहमा लागेका छन् । अहिले गठबन्धन भत्क्यो एमाले नेकाँको गठबन्धन भयो भने माधवको पार्टीले पाउँछ सम्माजनक सहभागिता ?


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल