Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बनेपालिले विप्लव कार्यकर्तालाइ रामधलाइ गरे

काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्द गराउन चारदोबाटोमा भेला भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिँदै थियो । प्रहरीको घेरा तोडेर अघि बढेका पल राउतले बा ३ ख २२६ नम्बरको बस तोडफोड गर्न थालेपछि बसका स्टाफ र स्थानिय मिलेर उनलाई आक्रमण गरेका हुन् ।
बनेपाबाट सवारी साधन बन्द गराउन खोज्ने राउत सहित ८ जनालाई पक्राउ गरिएको जिप्रका काभ्रेका प्रवक्ता ९डिएसपी० ढुण्डीराज न्यौपानेले बताए । पक्राउ पर्नेमा कालिकोट घर भएका १९ वर्षीय मनिष विक उर्फ प्रशान्त, कालिकोटको नरहरिनाथ गाउँपालिका घर भएका १९ वर्षीया वसन्ती बिक र कालिकोटको राजकोटा गापा–९ घर भएका २७ वर्षीय जयराज लोर लगायत छन् ।

यसअघि धुलिखेल नगरपालिका–९ स्थित रानाछापमा बन्दकर्ताले कुकर बम राखेका थिए । विपी राजमार्ग स्थित रानाछापमा बिहान ४ बजे फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको डिएसपी न्यौपानेले जानकारी दिए ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल