Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाबुरामले भने, गफ ठूला, काम शून्य

काठमाडौँ । सरकारले तीन वर्ष पुरा गरेको छ । यो अवसरका सरकार प्रमुख प्रधानमत्री केपी शर्मा ओलीले दुई घण्टा लामो बखान छाँटे पनि आम नागरिक र अन्य राजनीतिक दलहरु भने सरकारको उपलब्धी देख्दैनन् । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले ओली सरकारका तीन वर्ष ठूला गफ र शुन्य परिणाममा व्यतित भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सरकारका तीन वर्ष ठूला गफ र शून्य प्रगतिमा बितेको टिप्पणी गरेका हुन्। कसैको कार्यकालको मूल्यांकन तत्कालीन राष्ट्रिय आवश्यकता, सम्भावना र तथ्यगत परिणामका आधारमा हुन्छ, डा. भट्टराईले भनेका छन्, दुईतिहाइको ओली सरकारका ३ वर्ष ठूला गफ, शून्य परिणाम र अन्त्यमा हारेको खेलाडीले खेलमैदान नै भत्काएर हिँडेको दुःखान्त प्रहसनजस्तो मात्रै रह्यो । उनले अगाडि भनेका छन्, देश र जनतामाथि यत्रो विश्वासघात कसैले फेरि नगरोस् ।