Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारलाई उछिन्दै खनाल–नेपाल समूहको सांसद भेला

काठमाडौँ । जुँगाको लडाइँले फुटको संघारमा पुगेको नेकपा एमालेको खनाल–नेपाल पक्षले सांसदहरुको भेला बोलाएको छ । बिहान १० बजे सांसदहरुलाई हेरिटेज गार्डेनमा बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहान ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएपछि नेपाल खनाल समूहले सोअघि नै सांसदहरुको भेला आह्वान गरेका हुन् । खनाल नेपाल पक्षले भने ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा नजाने बताएको छ । एमालेको नेपाल समूहका नेताहरूले संसदीय दलको बैठकबारे जानकारी प्राप्त भएको तर समय अनुकूल नभएकाले जान नसक्ने बताएका हुन् । नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाहा पाउँदापाउँदै संसदीय दलको बैठक बोलाइएकोले आफूहरू उपस्थित हुन नसक्ने बताएका छन् । बुधबारदेखि सुरु भएको खनाल(नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला बिहीबार सकिँदै छ । १२० सदस्यीय एमाले संसदीय दलमा खनाल नेपाल पक्षका ४० सांसद छन् ।