Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बेदुरामको विद्रोहले कता कता धक्का ?

काठमाडौं । नेकपा एमालेका सज्जन नेता डा. बेदुराम भुसालले एमाले परित्याग गरेका छन् । पार्टीमा बढेको नेताहरूको दोहोरी नहटेपछि भुसाल जस्ता इमान्दारहरूको महत् भएन । प्रधानमन्त्री ओलीले गुट भन्दा पर नगएर ३ वर्ष छ महिना चलाएको सत्ता एकाएक अल्पमत हुँदै ९३ जना सांसदमा थन्कियो । राष्ट्रियसभाका सांसद बेदुराम भुसाल निष्ठा र त्यागको राजनीतिक चरित्र हुन् । भुसाल जस्ता बुझेका नेतामा पार्टीप्रतिको वितृष्णामा डुबे भने एमालेको पछि लागेका लाखौं मतदाताले अब एमाले भने टिक्ने कसरी ? एमालेको अवधारणामा ओली छैनन् ।
पार्टीको विधान मिचेर गुटको योजनालाई सफल बनाउन ओली समूहको प्रयास सफल हुन नदिन वामदेव पनि लागे, माधवले सडकमै असन्तोष प्रकट गरे । एकीकृत पार्टी नेकपा भत्काउने काममा ओली डिजाइनमा ईश्वर पोखरेलहरू लागेका थिए । प्रधानमन्त्रीले आफ्नो टिम बलियो बनाउन सरकारी सेवा सुविधा दिलाए । योग्यता जरुरी भएन, क्षमता हेरिएन । कोरोना भ्याक्सिन समेत आफ्नो टिमलाई छानेर लगाउने काम प्रम ओलीको टिमले गरेको छ । सरकारले बजार हेर्दैन उपभोक्ताको आवश्यकतामाथि प्रहार भएको छ । कालो बजार चम्केको छ । राज्य सञ्चालकहरू अराजकतामा डुबेका कारण एमाले फुटाइयो, माओवादीलाई खेदियो । एमालेभित्र ईश्वर पोखरेर जस्तो भष्मासुर प्रवृत्ति सत्ता स्वार्थ र पदका निम्ति जहाँ पनि मिल्ने, जे पनि गर्नेमा खट्यो । भ्रष्टाचार, कमिशनमा चर्चित यो प्रवृत्ति ओम्नी र हुकाम प्रवृत्तिमा आयो । कोभिड खोप खरिद र स्वास्थ्य सामग्रीमा ठूलो घोटला ग¥यो । सरकारले छानविन गरेन । एमाले सत्ता भेदभा पार्टीभित्र मौलायो । वामदेवले विद्रोह गरे । मन्त्री बन्ने आशा गरेका राजेन्द्र गौतम, गोकुल बास्कोटा, महेश बस्नेतहरू समेत प्रम अ‍ोलीको दलाल बनेर धोका खाए । पछिल्ला पटक मधेशीलाई प्रधानमन्त्री केपीले धेरे ठाउँ दिए । आफ्नालाई छोडेर मधेशीलाई च्याप्नु ओलीको कमजोरी थियो । तर ओली आफ्ना गल्ती सच्याउन नचाहने अहङ्कारी, दम्बी, घमण्डीका राजा भए । कानुन सम्वत् सत्यता बताउन नसक्ने अग्नी खरेल, सुभाष नेम्वाङ जस्ताले ओलीलाई फसाए । बेदुराम भुसाल यस्ता कुरामा जानकार थिए । राष्ट्रियसभामा उनलाई ल्याइएको नेकपाबाट हो । मुलुकले जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सिञ्चाई, कृषि क्षेत्रको विकासमा ध्यान नदिएको बेला कम्युनिष्ट पार्टीको सरकार रजनताका बीचमा अलोकप्रिय बन्दै गर्दा बेदुराम भुसालको निराशाले बालुवाटारलाई छोला कि नछोला ? प्रश्न यो छँदैछ । जनताले नेकपालाई मत दिएको हो । प्रम ओलीको टिमको निरंकुश शासन चम्काउन होइन । प्रजातन्त्र, लोकतन्त्र, विधिको शासन, कानुनको राज विपरित संघीयता, गणतन्त्र र समावेशीताको खिल्ली उडाउने होइन । ओली संसदप्रति आक्रामक भए । एमालेकै २३ सांसदले उनलाई रुचाएनन् । उनकै पक्षका ती सांसद जो मन्त्री बन्ने अपेक्षा राख्दे उनीहरूको निराशा पनको समेत अब एमाले ओली पथको लागि सङ्कट हो । ओलीका मनपरी अदालत पुग्यो । उनको निम्ति कानुन बाधा बन्यो । ऐन कानुनको खिल्ली उडाउनेसम्मको काम धेरै भएका छन् । व्यवस्था सङ्घीयता, गणतन्त्र, समावेशीता अन्तर्गत चल्नुपथ्र्यो । तर राज्यका सञ्चालकहरू निरङ्कुश अहङ्कारी बन्द गएका छन् ।
संसदीय सर्वोच्चाधो धज्जी उडाएर नेकपा एमालेको ओली समूह शासन गर्दैछ । अदालतले संसद भङ्ग गरेर काम चलाउ सरबार बनेपछि बारम्बार मन्त्रीमण्डल परिवर्तन गर्ने काम रोकिदिएपछि प्रधानमन्त्री अदालत विरुद्ध खनिए । त्यो पदको मान्छेले अदालतमाथि दबाव र धम्की दिन हुन्छ कि हुँदैन ख्यालसम्म गरिएन । पार्टी फुटाउने सरकारलाई भ्रष्टाचारमा बग्न लगाउने असक्षम चरित्र जनताले चिन्यो, बेदुराम भुसालहरू हतास भए एमाले परित्याग गरे ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल