Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं : सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। महालक्ष्मीस्थानस्थित पार्टी प्यालेसमा दिउँसो १२.१५ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र ललितपुर जिल्ला समन्वय समिति संयोजक शिव प्रसाद कट्टेलले जानकारी दिए।
कट्टेलका अनुसार कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री तथा माओवादीकी उपहासचिव पम्फा भुषाललगायतले प्रशिक्षण दिने तयारी छ।
एमालेविरुद्ध मोर्चाबन्दी गरेर बनेको पाँचदलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ। भने लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको छ। संसदीय निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयुक्त प्रशिक्षण एवम् चुनावी सभा गर्ने कार्यतालिका बनाएको छ। कार्यक्रममा सत्ता गठबन्धनआबद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी हुनेछन्।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल