Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘महाजात्रा’को प्रिमियरमा को–को पुगे

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को प्रिमियर काठमाडौंमा भव्य रुपमा आयोजना गरिएको छ । ७ सय भन्दा बढी मानिसहरूको उपस्थितिमा सिभिल मलमा अवस्थित क्यूएफएक्समा यो फिल्मको प्रिमियर गरिएको हो । फिल्मको प्रिमियरमा कलाकार, पत्रकारको साथमा विभिन्न क्षेत्रहरूको व्यक्तिहरूको उपस्थिति थियो । प्रिमियरमा नायिका वर्षा राउत बोल्ड अवतारमा पुगेकी थिइन् । सर्लाहीमा फिल्म ‘मेयर’को छायांकन गरिरहेको वर्षा सोझै प्रिमियरमा पुगेकी थिइन् । नायक तथा वर्षाका श्रीमान् संजोग कोइरालाले फिल्म उत्कृष्ट बनेको बताए । उनले, वर्षाले हरेक फिल्ममा आफूलाई निखार्दै लगेको भन्दै तारिफ गरे । फिल्म हेर्नका लागि कलाकारहरू मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी नायक दयाहाङ राई, नायिका ऋचा शर्मा, निर्देशक दीपाश्री निरौला, दिवाकर भट्टराई, नायिका केकी अधिकारी , निशा अधिकारी, नायक सुशील श्रेष्ठलगायत हल पुगेका थिए । यस्तै, मोडल उषा उप्रेती पनि कालो सारी लगाएर प्रिमियरमा उपस्थित भइन् । यस्तै, फिल्मका मुख्य कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल लगायत प्रिमियरमा पुगे । प्रिमियरमा पुगेका अधिकांशले यसको कथावस्तु, कमेडी संवाद र कलाकारको अभिनयको तारिफ गरे । यो फिल्मको पहिलो हाफ कमेडी नै कमेडीले भरिएको छ । दोस्रो हाफमा भने देशको राजनीतिक अवस्था र निर्दोषहरुले भोग्नु परेको पीडा देखाइएको छ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापार गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार