Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीभित्रै छ सुन तस्करको लर्को

काठमाडौँ । यहाँ जे हुन्छ ठूला बडाको संलग्नता र राजनीतिक संरक्षणमा हुन्छ । साना तिनाको पहुँचले ठूलो अपराध सम्भव छैन । सुन तस्करी सम्बन्धी अध्ययनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त भए लगत्तै गृहमन्त्री रवि लामिछानेले प्रतिवेदनमा दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउन सक्रिय भए। बिहीबार प्रतिवेदन पाए लगत्तै अध्ययन गरेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृह सचिव एकनारायण अर्याल अनि प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग छलफल गरेका छन्। उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित समितिले बिहीबार गृहमन्त्रीलाई ४ सय ८५ पृष्ठ रहेको प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा सुन तस्करी सम्बन्धी अनुसन्धानको त्रुटिसँगै थप अनुसन्धान गर्नुपर्ने र कारबाही गर्नुपर्नेहरुको सूची समेत समावेश गरिएको थियो।आयोगको प्रतिवेदनमा मुख्य रूपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धान, बयान लिइएका व्यक्तिहरू र उनीहरूको भूमिका प्रतिवादी बनाइएका र नबनाइएकाहरू, अनुसन्धानमा संलग्न रहेका र नरहेका प्रहरी अधिकारी र उनीहरूको संलग्नता, राजनीतिक व्यक्तिहरूको भूमिमा लगायतका विषयमा उल्लेख छ। भेपमार्फत भएको र ब्रेक शुको आवरणमा भएको सुन तस्करीबारे सिआइबीले गरेको अनुसन्धान प्रारम्भदेखि नै शंकास्पद देखिएको थियो।
भेपको आवरणमा भएको सुन तस्करीमा संलग्न कृष्णबहादुर महरा, उनको छोरा राहुल महरा, पूर्व उपराष्ट्रपति नन्द किशोर पुनको छोरा दीपेश पुन, जीतेन्द्र पुन र वर्तमान अर्थमन्त्री वर्षमान पुनका भाइ प्रनिश पुन मगरबारे प्रहरीले झारा टार्ने अनुसन्धान गरेको थियो। कृष्णबहादुर र राहुललाई भेपको आवरणमा भएको अनुसन्धानमा उन्मुक्ति दिएकोबारे प्रमाण सार्वजनिक भएसँगै आलोचना बढेपछि सिआइबीले पुन अनुसन्धान गरेको थियो। यी दुवै अनुसन्धानमा तानिए। राहुल प्रतिवादी बने पनि कृष्णबहादुरले भने उन्मुक्ति पाए। दीपेश अनुसन्धानको दायरामा त तानिए तर सामान्य बयानकै आधारमा उन्मुक्ति पाए। जीतेन्द्र अनि प्रनिश पुनसहित वर्षमान पुन औपचारिक अनुसन्धानमा समेत तानिएनन्। सुन तस्करीको आरोपमा फरार रहेका जीवनकुमार गुरुङ पक्राउ परेपछि अनुसन्धानकोक्रममा उनीसँग अर्थमन्त्री पुनको बाक्लो सम्बन्ध खुलेको थियो। राजश्व अनुसन्धान विभागको अनुसन्धानमा रहेका गुरुङको कल डिटेलको अनुसन्धानमा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म अर्थमन्त्री पुन र गुरुङबीच ११ पटक फोन सम्पर्क भएको खुलेको थियो। सुन तस्करीमा प्रत्यक्ष संलग्न पुष्टि भएका दावा छिरिङ र अमला रोकाको वर्षमानको परिवारसँग प्रत्यक्ष संलग्न देखिए पनि वर्षमानको परिवारका कुनै व्यक्ति अनुसन्धानमा तानिएनन्। होटेल सञ्चालनको आवरणमा अवैध धन्दामा संलग्न बेल्जियमका नागरिक दावा छिरिङसँग नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारीहरूको सम्बन्ध खुले पनि उनीहरू कोही पनि अनुसन्धानको दायरामा तानिएका थिएनन्। दावासँग पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र धिरजप्रताप सिंहको सम्बन्ध रहेको खुलेको थियो। पूर्व प्रहरी महानिरीक्षक सिंहले उकेरासँग दावा सुन तस्करहरूबारे सूचना दिने क्रममा सिआइबीको सम्पर्कमा आउँदा कुराकानी भएको दाबी गरेका थिए। पत्रकारको आवरणमा रहेका जीवन चलाउनेलाई सिआइबीको कार्यालयमा बोलाएर कागज गराएर मुक्त गरेको तर पछि प्रतिवादी बनाएको घटना सबैभन्दा शंकास्पद देखिएको थियो। जीवनको सम्बन्ध दावासँगै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग समेत देखिएको थियो। अमेरिकामा बस्ने गरेका सुबु प्रताप केसीको बैङ्कका चलाउनेले २० हजार डलर जम्मा गरेको पुष्टि भइसकेको छ। फरार रहेको अवस्थामा उकेराको सम्पर्कमा आएका चलाउनेले व्यक्तिगत कारोबारकोक्रममा सो रकम दिएको तर सो रकम सुन तस्करीको नभएको दाबी गरेका थिए। सुन तस्करीको जालोमा अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसमेत जोडिए पनि उनको भूमिकाबारे समेत विस्तृत अनुसन्धान भएन।


सम्बन्धित समाचार

प्रचण्डलाई ढाक्रे बनाउन पाक्यो खिचडी

२०८१ बैशाख १९

ताजा नेपाल

आफन्त र नेता नव कुवेर बन्दै

२०८१ बैशाख १९

ताजा नेपाल