Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव नेपाल ब्याक नहुने, प्रचण्डले लगाए यस्तो आरोप

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको रबर स्ट्याम्प भएको आरोप लगाएका छन् । विपक्षी गठबन्धनका नेताहरुले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो। त्यसको विरोध गर्न किन नपाउने ? राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ? हिजोमात्रै प्रचण्डले राजाहरुको बरु शान, मान र ईज्जत थियो तर राष्ट्रपतिको शान, मान र ईज्जत नभएको टिप्पणी गरेका थिए । दाहालको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न क्रिया, प्रतिक्रिया आएपछि आज उनले आफूले राजा राम्रो भनेको नभई व्यंग्यात्मक शैलीमा आफ्नो भनाइ राखेको जिकिर गरे । उनले भने, राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भनिदैछ। मैले राजाभन्दा बढी हुन खोज्नु भएन भन्न पो खोजेको हो नि। राजा ल्याउनुपर्‍यो भनेर भनेको हो त होइन नि।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्नको लागि अफर आएको खुलासा गरेका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा रिट दिएका नेता नेपाललाई देउवा धोका दिएर आए आफूलाई प्रधानमन्त्री बनाईने अफर प्रधानमन्त्री केपी शर्मा ओलीका मान्छेले गरेको उनको भनाई थियो । अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । तर, नेपालले आफू गठबन्धनमा रहेकोले यसबाट ब्याक नहुने पनि अडान सुनाए । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री ओलीको पटक–पटकको धोका र चालबाजीले आफूहरू दिक्क भएको पनि सुनाए । र, बाध्य भएर ओलीको धोका र चालबाजीको विरुद्धमा विद्रोहमा उत्रिएको उनको स्पष्टोक्ति थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल