Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुख्यमन्त्री गुरूङले झेल्दैछन् अविश्वास प्रस्ताव

काठमाडौँ । केन्द्रको किचलो सर्दै प्रदेश सरकारहरुसम्म पुगिसकेको छ । गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव पेस हुँदैछ । गण्डकी प्रदेशको आज दिउँसो २ बजे शुरु हुने विशेष अधिवेशनको पहिलो दिन नै अविश्वास प्रस्ताव टेवल हुन लागेको हो । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा आज पहिलो दिन नै अविश्वास प्रस्ताव टेवल गर्ने सहमति जुटेको जनाइएको छ । यसअघि आजको कार्यसूचीमा दलीय आधारमा नेताहरूले सभालाई सम्बोधन गर्ने उल्लेख थियो । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबुल गर्नेछन् । गत वैशाख २ गते दर्ता भएको अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै प्रमुख विपक्षी दल नेपाली कांग्रेस नयाँ गठबन्धनमा कस्सिएको छ । प्रदेश सरकारको समीकरण बदलिने सम्भानासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा मन्त्रालय भागबण्डाको विषयमा छलफल शुरु भएको छ । ६० सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २७, माओवादी केन्द्रको १२ जना, राजमोका ३, जनता समाजवादी पार्टीका २ र एक जना स्वतन्त्र सांसद छन् । स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङ्गे) ले चुनावपछि नेकपा प्रवेश गरेका थिए ।