Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेयरका बाउ बित्दा सार्वजनिक बिदा

काठमाडौं । पूर्वप्रधानपञ्चसमेत रहेका मेयरका बाबुको निधनमा झापाको कनकाई नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको बाबु तत्कालीन सुरूङ्गा गाउँ पञ्चायतमा चार पटक प्रधानपञ्च रहेका ८७ वर्षका गणेशप्रसाद पोखरेलको बुधबार निधन भएको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले विज्ञप्ति निकालेर बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्। नगरपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा बिदा दिइएको उनको भनाइ छ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल