Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वप्रधानपञ्चसमेत रहेका मेयरका बाबुको निधनमा झापाको कनकाई नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको बाबु तत्कालीन सुरूङ्गा गाउँ पञ्चायतमा चार पटक प्रधानपञ्च रहेका ८७ वर्षका गणेशप्रसाद पोखरेलको बुधबार निधन भएको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले विज्ञप्ति निकालेर बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्। नगरपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा बिदा दिइएको उनको भनाइ छ।
२०८१ आश्विन २४
ताजा नेपाल
२०८१ आश्विन २४
ताजा नेपाल
२०८१ आश्विन २४
ताजा नेपाल