Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेलम्ची त आयो केयुकेयलको दुर्दशा उस्तै

काठमाडौं । एसियाली विकास बैङ्कले ऋण लगानी गरेर ३० वर्ष अगाडि शुरु भएको मेलम्ची खानेपानी परियोजनाबाट खरिद गरिएका महंगा गाडी चढेर ऋणको बोझ राष्ट्रलाई थुपार्ने भ्रष्ट नेताको जनता ढाँट्ने मेलो अब सकिएको छ । मेलम्ची प्रोजेक्टको उपआयोजनाका हाकिमहरूलाई सताएर हैरान पार्ने उमाकान्त चौधरीलाई भने बाराका जनताले पत्याएनन् । ०७४ सालको वाम गठबन्धनका बेला चुनाव जितेका चौधरीको धन्दा भनेको घुस संकलन हो । ५१ जनाको टोली सचिवालयमा बसेर तिनलाई सरकारी गाडी, मोटरसाइकल मात्र होइन इन्धन र ड्राइभर समेत केयुकेएल र उपआयोजना कार्यान्वयन निर्देशनालयले जबर्जस्त व्यहोर्नु पर्ने बाध्यता खडा गर्ने खानेपानी मन्त्री चौधरी पद छोड्ने बेलामा फूर्ति लगाउँदैछन् । अहिले ५ करोड लिटर पानी थपिएको छ । मेलम्चीको अवस्था सुधार्न पुगेका अनुभवी युवा इञ्जिनियर कमल श्रेष्ठ योजना कार्यान्वयन निर्देशनालयमा प्रमुख बन्दा लुटाहा मन्त्रीसँग ग्रह मिलेको थिएन । राजेन्द्र सापकोटाले मन्त्रीलाई मात्र होइन पत्नी र छोराको लागि समेत विदेश घुम्ने खर्च जुटाएका थिए । मन्त्रीका लागि त्यो पद जनताको सेवा गर्नका लागि थिएन । कमाउनकै लागि उनले गृहजिल्लामा कानुनको खिल्ली उडाउँदै रमिता देखाए । मन्त्री चौधरीलाई पराजित गराउन केपीका विश्वासपात्रहरू सफल भए । चौलागाई थरका ती उम्मेदवारलाई जनताले सघाए । असारमा ढोका बन्द गरेर भलबाढी छिर्न नदिएकै कारण दोस्रो पथान्तरण कार्यलाई कमल श्रेष्ठको टिम निरन्तर आयोजना क्षेत्रमै खटेको हो । राजधानीमा मेलम्चीलाई दिगो बनाउन ३ किमी टाढाको याङ्ग्री र लार्चेको पानी मिसाउने सरकारी योजना छ । सरकारले बाढीले ध्वस्त बनाएपछिको मेलम्चीका लागि खर्च गर्न डराएन । तर उपत्यकामा पानी वितरण गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको असफल नेतृत्वले चुहावट समेत रोकेको छैन । पुराना पाइपको मर्मत नहुँदा चुहावट उस्तै छ । मर्मत गर्न होस् वा नयाँ पाइप विस्तारमा होस् केयुकेएलमा कर्मचारी नै ठेकेदार, उनीहरू नै नेता बनेका कारण एउटै कामको दुई तिरबाट बील बनाएर हजम गर्ने चलन हटेको छैन । यिनै मन्त्रीले केयुकेयलका कार्यकारी निर्देशक विरुद्ध कर्मचारीलाई आन्दोलन गर्न लगाए । उपलब्धी विहीन त्यो आन्दोलन रोक्न भएका सम्झौता कार्यान्वयन भएको छैन । मन्त्री उमाकान्त चौधरीले पदको मर्यादा भन्दा पैसामा जोड दिएका कारण कर्मचारी वर्गमा समेत बदनाम भए । अहिले मेलम्चीको पानी राजधानीमा ल्याउन मेलम्ची विकास समितिका कार्यकारी कमल श्रेष्ठ सफल भएका छन् । श्रेष्ठ मेलम्चीका अनुभवी प्राविधिक हुन् तर जो चुनाव हारेका छन् उनैले फूर्ति ठूलो लगाएका छन् । एशियाली विकास बैङ्कको ऋण भए पनि मेलम्चीलाई ध्वस्त बनाउन ठूला ठालूनै लागेका हुन् । त्यो परियोजनाको नाम भजाएर हजम गर्ने धेरै भए । राजधानीको बढ्दो शहरीकरणमा जमिनमुनिको पानीको सतह घट्दो छ । सरकारी तहबाट आकाशे पानी रिचार्जको योजना छैन । केयुकेयलबाट बनेका बोरिङमा आधारित आयोजनाको खर्च महंगो छ । विभागीय मन्त्री काम भन्दा कमाउने ध्यान दिँदा संस्थागत सुधार भएको छैन । यस्तो बेला मेलम्चीको पानी पुनः राजधानीमा आएको छ । नयाँ सरकारमा कस्तो मन्त्री आउँछन् संस्थागत सुधार त्यसमा निर्भर छ ।