Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेस्सीको जादुले सेमिफाइनलमा पुग्यो अर्जेन्टिना

एजेन्सी । सुपरस्टार लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा इक्वेडरलाई ३–० गोलले पराजित गरी अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले कोलम्बियासँग खेल्नेछ । कोलम्बियाले आजै भएको खेलमा उरुग्वेलाई पेनाल्टी शुटआउटमा पराजित गरेको थियो ।
रियो दि जेनेरियोमा केहिबेरअघि सम्पन्न खेलमा मेस्सीले १ गोल गरे भने अरु दुई गोलका लागि पास उपलब्ध गराएका थिए । ८४ औं मिनेटमा लौटारो मार्टिनेजले गरेको गोलमा मेस्सीले निस्वार्थ पास उपलब्ध गराएका थिए । त्यसअघि खेलको ४० औं मिनेटमा मेस्सीले चतुर्‍याईँपूर्ण पास सदुपयोग गरी रोड्रिगो डी पाउलले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।
खेलको इन्जूरी समयमा मेस्सीले बक्सको ठीकबाहिरबाट शानदार फ्रिकिक गोलमार्फत ३–० को जित निश्चित गरे । यो उनको ७६ औं अन्तर्राष्ट्रिय गोल हो । इक्वेडरका डिफेण्डर मार्टिन रेन्याले एंगेल डी मारियालाई फल गरेपछि अर्जेन्टिनाले फ्रिकिक पायो भने मार्टिन रातो कार्ड पाउँदै बाहिरिए । करिअरको उत्तरार्ध पुगेका मेस्सीका लागि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अर्को अवसर आएको छ । यसअघि सन् २०१५ र २०१६ को फाइनलमा पराजित भएको अर्जेन्टिनाले सेमिफाइनल जितेमा फाइनलमा सम्भवतः ब्राजिलसँग खेल्नेछ । साविक विजेता ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ ।
यता आज भएको खेलमा कोलम्बियासँग पेनाल्टी शुटआउटमा पराजित भएसँगै १५ पल्टको च्याम्पियन उरुग्वे क्वाटरफाइनलबाटै बाहिरिएको छ । उरुग्ले सन् २०११ देखि कोपा अमेरिका उपाधिको खोजीमा छ । तर क्वाटरफाइनलमै पराजित भएपछि उसको उपाधि प्रतीक्षा कम्तिमा चार वर्ष धकेलिएको छ ।ब्रासिलियाको राष्ट्रिय रंगशालामा भएको खेलमा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेनन् । पेनाल्टी शुटआउटमा कोलम्बिया ४–२ गोलले विजयी भयो । कोलम्बियाका सबैले पेनाल्टीमा गोल गर्दा उरुग्वेका इडिन्सन काभानी र लुइस स्वारेजले मात्र गोल गरे ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल