Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सफल कलाकार बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छन् – आरके शाही । उनि यतिबेला म्यूजिक भिडियो मार्फत आफ्नो तन–मन भित्रको कलाकारितालाई पोखिरहेका छन् । प्रमोद खरेल, शान्तिश्री परियार जस्ता नाम चलेका सुप्रसिद्ध गायक–गायिकाहरूको स्वर रहेको गीतमा काम गरिसकेका छन् । लामो समय सांगीतिक क्षेत्रकी हटकेक बनेकी मोडल अन्जली अधिकारीसँग नै पहिलो पटक स्क्रिन शेयर गरेका शाहीको ६ महिना अघि सार्वजनिक भएको ‘जुरेली टुप्पैमा’ बोलको म्यूजिक भिडियो नै करिअरको पहिलो गीत हो । आरके शाही सानैदेखि नाच्न र अभिनय गर्न औधी रुचाउने शाही सिन्धुली कमलामाई नगरपालिका ५ का स्थानीय वासिन्दा हुन् ।
यो छोटो समयमै उनले आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । लोकप्रिय गायक प्रमोद खरेलको स्वर सजिएको गीत ‘तिमीले मलाई पराई सोचे नि’ उनको करिअरको दोस्रो गीत हो । त्यसपछि उनले जनक लामा, उमेश श्रेष्ठ र सलिना मोक्तानको स्वर रहेको गीत ‘जिन्दगी बगेको खोला हो’ मा काम गरे । शिशिर बुढाथोकीले निर्देशन गरेको यस भिडियोमा भावना क्षेत्रीसँग उनले आफ्नो कला कौशल देखाएका हुन् ।
सांगीतिक यात्राकै क्रममा बिशााल निरौलाको स्वर रहेको ‘हाँसोको पात्रो’ मा पनि काम गर्ने अवसर पाए । जिबी अगरीको निर्देशनमा तयार भएको यस भिडियोमा मोडल अनु शाहको साथमा आरकेलाई देख्न सकिन्छ । ‘मेरो साथी कलौटे’ उनले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो हो । दुर्गा बिरहीको शब्द, संगीत र स्वर समेत रहेको यस गीतको भिडियोमा ‘कलौटे’ नामले चिनिएका तेजेन्द्र परियार र सरिश्मा मगरले उनलाई अभिनयमा साथ दिएका छन् । अझै थुप्रै म्यूजिक भिडियो आउने क्रममा छन् । आगामी यात्राका लागि निकै उत्साहित पनि छन् । चाँडै नै अभिनेत्री शिल्पा पोखरेलसँग अनस्क्रिन शेयर गरेको ‘पिपलपाते ओठ’ आउँदैछ । उनी भन्छन्– ‘मेरो सानैदेखीको इच्छा हो मोडलिङ । सिक्दैजानेछु , मेहनत गर्नेछु यहि क्षेत्रलाई निरन्तरता दिन्छु । मेरो मेहनत एवं सबैको सुझाब र प्रेरणाले एकदिन यो क्षेत्रमा पनि सफल हुने विश्वास लिएको छु ।’ राजधानीको कोटेश्वरमा ‘चिनो रोधी’ घर सञ्चालन गर्दै आएका शाहीले कमलामाई गेष्ट हाउस र सिन्धुलीगढी खाजा घर सञ्चालन गरेर थुप्रैलाई रोजगारी पनि दिएका छन् । आफ्नो अभिनय, नृत्य र कलालाई अझै निखारता ल्याउँदै मोडलिङ तथा कलाक्षेत्रमा स्थापित हुन उनको चाहना ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल