Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी हुन् रुसी सेनामा ज्यान गुमाउने ७ नेपाली

काठमाडौं । रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले उक्त कुरा पुष्टि गरेको हो । मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार मृतक थप ७ जनाको नाम र ठेगाना यस प्रकार छ । मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो । रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयको भनाइ छ । साथै ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित समाचार

प्रचण्डलाई ढाक्रे बनाउन पाक्यो खिचडी

२०८१ बैशाख १९

ताजा नेपाल

आफन्त र नेता नव कुवेर बन्दै

२०८१ बैशाख १९

ताजा नेपाल