Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन जनताप्रति अत्यन्त गैरजिम्मेवार भएको बताउनु भएको छ ।
नेकपा एमालेले झापाको दमकमा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले विकासका योजना काटेर देश विकासको कामलाई अवरुद्ध गरेको बताउनुभयो। स्वास्थ्य बिमा कार्यक्रम अघोषित रूपमा गठबन्धनले खारेज गरेको उहाँले प्रष्ट पार्नुभयो ।
गठबन्धन राष्ट्र र राष्ट्रियताको सवालमा समेत कुनै सल्लाह नगरी अघि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकताको विषयमा गठबन्धनले नै व्यवधान खडा गरेको छ । अहंकारी गठबन्धन, दम्भको गठबन्धन ।’
गठबन्धनले नागरिकताको समस्या समाधान गर्न नचाहेको कारण नागरिकता संशोधन विधेयक गोलमटोल पारेर ल्याएको ओलीले टिप्पणी गर्नुभयो । नेपालमा जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिने कुरा दुई लाइन लेखेर ल्याऊ एमालेले तुरुन्तै पास गरिदिन्छ भन्दा गठबन्धनले नटेरेको उहाँले बताउनुभयो।
एमाले सरकारमा पुग्ने बित्तिकै नागरिकताको समस्या र सुकुम्वासी समस्या समाधान गर्ने ओलीले बताउनुभयो । चार वर्षभित्र नागरिकता र सुकुम्वासीको समस्या स्थायी रूपमा ग्यारेन्टीका साथ समाधान गर्ने ओलीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एमालेमा प्रवेसको लहर बढ्दै गएकोले गठबन्धनमा अँगालो मार्नेहरू झन् झन् अँगालो कस्दै गएका ओलीले बताउनुभयो । पाँचजना अँगालो कसेर बस्दै गर्दा तलबाट सबै खुस्कँदै गएको ओलीले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो गठबन्धन डुब्न लागेकाहरूको त्यान्द्रो हो, यो निर्वाचनमा केहीको राजनीति सिद्धिन्छ, कस कसको सिद्धिन्छ म अहिले भन्दिन, तिनीहरूले आफ्नो कर्मको फल यही जुनीमा भोग्दै छन्।’
अध्यक्ष ओलीले मंसीर ४ मा हुने निर्वाचन पार्टीको पक्षमा पार्न केही बढी मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । तत्कालको लागि केही दुःखै गरेर भए पनि चुनावमा खट्न उहाँले निर्देशन दिनुभयो ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल