Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनितिमा जतिनै फेबदल आएपनि मिसन ८४ हाम्रो लक्क्ष हो – एमाले अध्यक्ष

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा जेसुकै परिवर्तन भएपनि मिसन ८४ नछाड्ने बताउनुभएकाे छ ।

सोमबार पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रममा बोल्दै ओलीले देशमा परिवर्तन आवश्यक रहेको बताउनुभयाे ।

आज देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भन्नुभयाे, यहाँहरुलाई थाहा छ आज देशको परिस्थिति । आजको दिन चाहिँ आज अलिक छिटो छिटो हिँड्न खोजेको जस्तो लागिरहेको छ । देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेर ढिला भयो । देशमा परिवर्तन आवश्यक छ, हुन्छ । जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं । हामी एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य हो ।

सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने बताउदै ओलीले भन्नुभयाे, जे होस् आंशिक ढंगले देशको भताभुंग बिग्रिएको अवस्था छ । त्यस अवस्थाबाट सकारात्मक बाटोमा फर्किन्छ भन्ने विश्वास व्यक्ति गरेको छु । आज केही परिवर्तन हुन्छ।


सम्बन्धित समाचार