Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपालाई वैशाखी बनाएका ओली भन्छन्, डेढ सय सिट पक्का

काठमाडौं । एक्लै चुनावी मैदानमा जाने हिम्मत हारेपछि कमल थापा र राजेन्द्र लिङ्देनहरुलाई दायाँ बायाँ राखेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा एकल बहुमत ल्याउने दावी गरेका छन् । उनले देशभरबाट १५० सिट जित्ने लक्ष्य पार्टीले राखेको बताए ।गृहजिल्ला झापाको दमकमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन् । उनले प्रत्यक्षमा कमसेकम १०५ सिट र समानुपातिकमा ५० सिट एमालेले जित्ने आँकलन प्रस्तुत गरे । ओलीले भने, अघिल्लो चुनावमा प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट नेकपाले जितेको थियो । तर, दुई तिहाइ बहुमत ल्याउन १३८ सिट चाहिन्थ्यो । तर, अहिले हामी एक्लै १५० सिट जित्ने मिसनमा अघि बढेका छौं । झापामा राप्रपाले एमाले उम्मेदवारलाई भोट दिनेमा ओलीले कार्यकर्तालाई आश्वस्त तुल्याए । उनले राप्रपाप्रति अविश्वास नगर्न आग्रह गरे ।
झापामा एमालेले राप्रपासँग तालमेल गरेको छ । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेले समर्थन गर्ने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गर्ने सहमति दुई दलले गरेका छन् । यो सहमति चुनावमा कार्यान्वयन हुने ओलीले बताए । ओलीले झापामा एक क्षेत्र र दुई प्रदेशमा राप्रपालाई भोट दिन र बाँकी सबैमा सूर्यचिन्हमा मतदान गर्न आग्रह गरे । उनले भने, कतै गाईंगुईं सुनेको छु, राप्रपाले हामीलाई भोट दिँदैन भन्ने । तर, राप्रपाले भोट दिन्छु भनेर सहमति गरेपछि दिन्छ । यसमा शंका गर्नु हुँदैन । विश्वासका साथ लागौं । राप्रपाले दिँदैनथ्यो भने हामी डण्डा लगाउँथ्यौं र ? दिँदैनथ्यो भने दिन्न भन्थ्यो । दिन्छु भनेपछि दिन्छ । बेकारको अविश्वास गर्नु हुँदैन । हामी सहयोग गर्छु भनेका ठाउँमा गर्छौं, सहयोग लिने भनेका ठाउँमा लिन्छौं ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल