Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिलाई राजनीतिमा फर्कन बास्कोटाको सुझाव

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्कन सुझाव दिएका छन् ।

पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको भन्दै राजनीतिबाट उनीहरु राष्ट्रपति बन्ने गरेको बताएका छन् ।

‘एकमात्र पूर्व राष्ट्रपतिले पुर्व मान्यता अनुरुपको राजनीति गरेकै छन्’बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो सिधा मत छ–वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’